बजेट तयारीकालागि पूर्वअर्थ मन्त्रीसँग अर्थमन्त्रीको छलफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
४८ पटक हेरिएको
Shares
बजेट तयारीकालागि पूर्वअर्थ मन्त्रीसँग अर्थमन्त्रीको छलफल

सारांश

  • काठमाडौँ ।
  • अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् ।
  • पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएका छन् ।

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिएका छन् ।

छलफलमा पूर्वअर्थ मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी थिए । छलफलमा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर्न आफु प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गरे ।

उनले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आपूm लागिपरेको जानकारी गराए ।

साथै उनले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताए । अर्थमन्त्री महतले अन्य पूर्वअर्थ मन्त्रीसमेतबाट निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गरे ।

(bdconstruction.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधि सभाको बैठक भदौ १३ गते सम्मका लागि स्थगित
दल विभाजन सम्बन्धी अध्यादेश खारेज
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
प्रधानमन्त्री ओलीले डाक्टरहरुलाइ भावुक बनाएपछि…
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
प्रधानमन्त्री को चीन भ्रमणबारे (कसले के भने)
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
पाकिस्तानी प्रधानमन्त्री नेपाल आउने सुनेर रणबहादुरले प्रधानमन्त्री ओलीलाई चिठी लेखे: मेरो भाइलाई नेपाल फर्काइदेउ
गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
गंगामाया अधिकारीका छोरा नुरप्रसादद्वारा अदालतमा तोडफोड !
पैसाबाट कोरोना सर्ने सम्भावना बढी
पैसाबाट कोरोना सर्ने सम्भावना बढी