अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को को पुगे ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०८०
|
|
१९ पटक हेरिएको
Shares
अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को को पुगे ?

सारांश

  • काठमाडौं।
  • जारी अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ को समीकरण पुरा भएको छ।
  • गएराति समूह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो।

काठमाडौं। जारी अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ को समीकरण पुरा भएको छ। गएराति समूह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो।

जसमा समूह ए बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह बी बाट केप भर्डे र इजिप्ट, समूह सी बाट सेनेगल र क्यामरुन, समूह डी बाट एंगोला र बुर्किना फासो, समूह ई बाट माली र दक्षिण अफ्रिका, समूह एफबाट मोरक्को र डिआर कंगो राउण्ड १६ मा पुगेका छन्।

त्यसैगरीसबै समुहका तेस्रो स्थानमामा रहेका टिमहरुबाट शिर्ष चारमा रहेका टिमहरु समूह ए को आइभरी कोष्ट, समूह सी को गिनी, समुह डी को मारुतानिया र समूह ई को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन्।

अब राउण्ड १६ मा नाइजेरियाले क्यामरुनको सामना गर्ने छ भने एंगोलाले नामिबियाको सामना गर्ने भएको छ।

त्यसैगरी केप भर्डेले मारुतानियाको सामना गर्ने छ भने मोरक्कोले दक्षिण अफ्रिकाको सामना गर्ने छ। त्यस्तै मालीले बुर्किना फासोको सामना गर्ने छ भने सेनेगलले आइभरी कोष्टको सामना गर्ने छ । त्यसैगरी इजिप्टले डिआर कंगोको सामना गर्ने छ भने इक्वेटोरियल गिनीले गिनीको सामना गर्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?