मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
४४ पटक हेरिएको
Shares
मायादेवी मन्दिर परिसरमा निषेधित जुत्ताचप्पल प्रधानमन्त्रीकै खुट्टामा

सारांश

  • काठमाडौं, २० बैशाख ।
  • प्रसिद्ध तीर्थस्थल लुम्बिनीको मायादेवी मन्दिर प्रवेश गर्दा जुत्ताचप्पल निषेधित छ ।
  • जुत्ताचप्पल निषेध गरिए मायादेवी मन्दिर परिसरबाट निस्कँदै गर्दा एकजना भिक्षुबाहेक मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली सेनाका अधिकारीहरु र अन्य सरकारी अधिकारीहरु भने जुत्ता तथा बुटमै ठाँटिएर हिडिरहेको तस्वीर सार्वजनिक भएको छ ।

काठमाडौं, २० बैशाख । प्रसिद्ध तीर्थस्थल लुम्बिनीको मायादेवी मन्दिर प्रवेश गर्दा जुत्ताचप्पल निषेधित छ । जुत्ताचप्पल निषेध गरिए मायादेवी मन्दिर परिसरबाट निस्कँदै गर्दा एकजना भिक्षुबाहेक मुलुकका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली सेनाका अधिकारीहरु र अन्य सरकारी अधिकारीहरु भने जुत्ता तथा बुटमै ठाँटिएर हिडिरहेको तस्वीर सार्वजनिक भएको छ ।

२५६२ औं बुद्धजयन्ती समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बुद्धको जन्मस्थल लुम्बिनी आएका थिए । त्यस समय प्रधानमन्त्री ओली मायादेवी मन्दिर पुगेर अवलोकन गरे । प्रधानमन्त्रीसहितको टोली बाहिरिँदै गर्दा मन्दिर परिसरमा खिचिएको तस्वीर अत्यन्त आलोचित बन्नुका साथै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मायादेवी मन्दिर क्षेत्रमा प्रवेश गर्ने मुख्यद्वार उत्तरतर्फको (सुरक्षा चेक हुने स्थान)मा प्रष्टसँग जुत्ता चप्पल लगाएर जान निषेध भनेर लेखिएको छ । यद्यपि, यो नियम आम सर्वसाधारण जनतालाई मात्र लागू हुन्छ । प्रधानमन्त्री ओलीको टोलीमात्र होइन लुम्बिनी आएका अन्य मन्त्री तथा देशविदेशका विशिष्ट व्यक्तिहरू पनि जुत्ता नखोली जाने गरेका छन् । अघिल्लो हप्ता लुम्बिनीको सुरक्षा अवस्थाबारे जानकारी लिन आएका नेपाली सेनाका प्रधानसेनापति पनि जुत्ता नखोलेरै मायादेवी मन्दिर परिसर पुगेका थिए ।

लुम्बिनी विकास कोषले मायादेवी मन्दिर परिसरमा जुत्ता लगाएर जान नपाइने तथा जुत्ताचप्पल निषेध भनी सूचना जारी गरेको छ । उक्त सूचना सर्वसाधारणलाई मात्र लागू भएको जनगुनासो छ । लुम्बिनी विकास कोषले प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुख र विदेशी पाहुनालाई छुट्टै र सर्वसाधरणलाई छुट्टै नियम लागू गर्नु राम्रो नहुने र सबैलाई बराबरीको व्यवहार गरिनुपर्ने आवाज उठेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Jyoti Shrestha

    Goru haru lai kati Samjaunu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?