जाने होइन त अटोमोबाइल कार्निभल मेला हेर्न आज शनिबार अन्तिम

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०८१
|
|
२५ पटक हेरिएको
Shares
जाने होइन त अटोमोबाइल कार्निभल मेला हेर्न आज शनिबार अन्तिम

सारांश

  • काठमाण्डौ ।
  • गत मंगलबार देखि भृकुटीमण्डपमा सुरू भएको ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल’मा सवारी मेलामा अवलोकनकर्ताहरूको उत्साहजनक भिड देखिएको छ ।
  • सरल सेलरस क्रेडिट एडभाइजरी प्रालिको आयोजनामा सुरू गरेको उक्त मेला भोलि वैशाख ८ गतेसम्म चल्ने छ ।

काठमाण्डौ । गत मंगलबार देखि भृकुटीमण्डपमा सुरू भएको ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल’मा सवारी मेलामा अवलोकनकर्ताहरूको उत्साहजनक भिड देखिएको छ । सरल सेलरस क्रेडिट एडभाइजरी प्रालिको आयोजनामा सुरू गरेको उक्त मेला भोलि वैशाख ८ गतेसम्म चल्ने छ ।

यस  ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल’ मेलामा पुराना सवारी साधन, नयाँ सवारी साधन, ईलेक्ट्रीकल कार तथा ईलेक्ट्रीकल बाईक, स्कुटी, सवारी सधनाका पार्टपूर्जा, बैन्किङ, ईन्टरनेट, इन्स्योरेन्स, सेवा एवम् अन्य प्राईभेट संघ संस्थाहरूको प्रदर्शनी रहने मेलाका संयोजक चक्र खड्काले बताए ।

खड्का अनुसार कार्यक्रमलाई सफल रूपमा आयोजना गर्न विभिन्न अटोमोबाइल ब्राण्डहरू साथै रिकण्डीशन व्यवसायीहरू लगायतका संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेको जानकारी दिए ।
सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निभल मेला भनेर पुराना सवारी साधनलाई विशेष तोकेर नाम दिइएता पनि उक्त मेलामा विभिन्न कम्पनीले नयाँ सवारी साधन समेत राखेका थिए । मेलामा टोयोटा, किया, सुजुकी, हाईगर, केटिएम, एथर, सेगवय, आइवा, जस्ता चर्चित कम्पनीका नयाँ गाडी तथा बाईक पनि बुक गर्न अथवा सिधै खरिद गर्न पनि सकिन्छ जसले गर्दा मेलामा अवलाेकनकर्ताकाे उपस्थिती उत्साहजनक भएकाे देखिन्थ्यो। चार दिनसम्म चल्ने उक्त मेलालाई ४० देखि ५० हजार जनाले सम्मले अवलोकन गर्ने विश्वास आयोजक टिमले राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
रुपन्देहीमा कोरोना सङ्क्रमित बढे
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
सृष्टिसँगै त्रिशूलीमै बग्यो यादव परिवारको सपना
सुमोको ठक्करबाट २७ वर्षीया भण्डारीको  मृत्यु
सुमोको ठक्करबाट २७ वर्षीया भण्डारीको मृत्यु
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं : प्रमुख सचेतक लेखक
सन्दीप आबद्ध दिल्ली डेयरडेभिल्समा कस्ता छन् खेलाडी ?
सन्दीप आबद्ध दिल्ली डेयरडेभिल्समा कस्ता छन् खेलाडी ?
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
विद्यार्थी भर्नामा सक्रिय, कसको जिम्मा हेर्नुस् प्रधानमन्त्री ओलीदेखि गगन थापासम्म
रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी !
रिचार्जरमा मोबाईल किन्दा खसी उपहार, दशैंको खसी घरमै बसी बसी !
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

तपाईंले छुटाउनुभयो कि?