नेकपाको एकता प्रक्रियाले पूर्णता नपाउँदा कार्यकर्ता निराश
सारांश
- काठमाडौं।
- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउन नेतृत्वले नै चासो देखाउन नसकेको गुनासो पार्टीपंक्तिमा हुर्किन थालेको छ।
- केन्द्रीय नेताहरू नै पार्टीका विभिन्न निर्णयप्रति आफूहरूले स्वामित्व जनाउन नपाएको, महवपूर्ण छलफलमा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट देखिन थालेका छन्।
काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुंगो लगाउन नेतृत्वले नै चासो देखाउन नसकेको गुनासो पार्टीपंक्तिमा हुर्किन थालेको छ। केन्द्रीय नेताहरू नै पार्टीका विभिन्न निर्णयप्रति आफूहरूले स्वामित्व जनाउन नपाएको, महवपूर्ण छलफलमा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट देखिन थालेका छन्।
पार्टी एकता भएको झण्डै डेढ वर्षसम्म पनि नेकपाको सांगठनिक संरचनाले पूर्णता पाउन सकेको छैन भने दुई अध्यक्ष रहेको पार्टीमा केन्द्रीय समिति, स्थायी कमिटीलाई पंगु बनाएर सचिवालयको भरमा पार्टी सञ्चालन गरिँदै आएको छ। हालसम्म पार्टीको पोलिटब्युरो गठन हुन सकेको छैन। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अनिच्छा देखाएकै कारण पार्टी एकता भएको १८ महिनासम्म पनि नेकपाको पोलिटब्युरो गठन हुन नसकेको गुनासो पार्टीपंक्तिमा देखिएको हो। गत जेठ ३ गते पार्टी एकता घोषणासभाबाट तीन महिनाभित्र पार्टी एकताका सम्पूर्ण काम पूरा हुने घोषणा गरिए पनि १८ महिनासम्म पोलिटब्युरो गठनलगायत पार्टीका केही विभागहरूले समेत पूर्णता पाएका छैनन् । केन्द्रीय समिति र स्थायी कमिटीलाई बैठकविहीन बनाएर औपचारिकतामा सीमित गरिएको छ ।
पार्टीको विधानअनुसार नेकपाको स्थायी कमिटी र केन्द्रीय समिति बैठकसमेत लामो समयदेखि बस्न सकेको छैन। स्थायी कमिटी बैठक नबसेको करिब १ वर्ष बित्न लागेको छ।
देश संघीय संरचनामा गएपछि जनतामा निराशा बढिरहेको अवस्थामा पनि पार्टीका कमिटीहरू सक्रिय हुन नसक्दा समस्या निम्तिन सक्ने नेताहरूको बुझाइ छ
प्रतिक्रिया