सुमोको ठक्करबाट २७ वर्षीया भण्डारीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सुमोको ठक्करबाट २७ वर्षीया भण्डारीको  मृत्यु

सारांश

  • काठमाडौँ, ६ माघ ।
  • स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।
  • गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

काठमाडौँ, ६ माघ । स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ ।

गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा आज बिहान २ः३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिनुभयो । टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?