सरकारले पार्टी चलाउने होइन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सरकारले पार्टी चलाउने होइन

सारांश

  • हामीले ‘समय’ कै विषयलाई लिएर बैठक छोडेका हौं।
  • बैठक बोलाउने अनि कुरेर बस्नुपर्ने।
  • तरिका ठीक भएन भनेर यस्तो निर्णयमा पुगेका हौं।

हामीले ‘समय’ कै विषयलाई लिएर बैठक छोडेका हौं। बैठक बोलाउने अनि कुरेर बस्नुपर्ने। तरिका ठीक भएन भनेर यस्तो निर्णयमा पुगेका हौं। विधिको शासन गर्छु भन्ने आफैंले विधि पालना नगर्ने ? पुरानो निर्णयअनुसार १५ मिनेट कुर्ने र कुरेको समयमा पनि बैठकबारे जानकारी केही आएन भने हिँड्ने सहमति थियो। हामीले पार्टीलाई व्यवस्थित गर्ने र समयको महत्व रहेको जानकारी गराउन पनि खरो उत्रेका हौं। बैठक समयमा भएन, केही खबर पनि आएन, काम नभएजस्तो हामी किन पर्खिरहने ?

सधैं यस्तै ढिला हुने हो कि, पहिलो पटक हो ?      

यो तहको बैठक नै छाडेर हिँडेको पहिलो पटक नै हो। तर, कुराउने काम धेरै पटक भएकाले समयको पालनबारे कमिटीमा निर्णय नै गरेका हौं। ‘नेपाली समय’ भन्दै मुलुकको बेइज्जत हुँदा पनि नेतृत्वको चेत नखुल्नु दुर्भाग्य हो। समयको उपेक्षा कसैले पनि गर्नुहुन्न।

सरकार नै सहभागी धर्मप्रचारकहरूले गराएको ‘एसिया प्यासिफिक समिट’ प्रतिको आलोचनाका कारण यस्तो भएको त होइन ?

त्यस्तो लाग्दैन। तर, त्यो विषयमा छलफल भइरहेको छ, हुनेछ। यो सम्मेलनको विषयमा म बोल्दै आएको छु। सरकारको संलग्नता जुन स्तर र आयतनमा भयो यो उपयुक्त भएन। सम्मेलन गरिने विषय चर्चामा आएदेखि मैले विमति राख्दै आएँ। निश्चित उद्देश्य र फरक प्रकारको क्रिश्चियानिटी बोकेको आईएनजीओद्वारा गरिने सम्मेलन थियो त्यो। आईएनजीओ पछाडि एउटा निश्चित धर्म प्रचार गर्ने संस्था रहेकाले पनि मैले सम्मेलन गर्न ठीक नहुने बताउँदै आएको हुँ। अन्ततः निश्चित धर्म प्रचार गर्ने विषय सम्मेलनले पुष्टि गर्‍यो। यसको पछाडि युनिफिकेसन चर्च छ भनेर मैले पहिले नै भनेको थिएँ। युनिफिकेसन चर्चलाई आधार बनाएर खडा गरिएको आईएनजीओले कुनै सम्मेलन गर्छ भने सरकारले सक्रिय सहभागिता जनाउनु हुँदैन भनेर मैले भन्दै आएको हुँ। मेरा कुरा सुन्न आवश्यक ठानिएन वा गम्भीरतापूर्वक लिइएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?