आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
२८ पटक हेरिएको
Shares
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

सारांश

  • भक्तपुर।
  • कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ।
  • बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ।

भक्तपुर। कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्।

उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन्।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन्। देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको अध्यक्ष शर्माले जानकारी दिए।

सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ-मुस्ताङमा एक-एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको हो।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन्।

परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पुर्‍याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ। इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागिः प्रधानमन्त्री ओली (अन्तर्वार्ता )
प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु
प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
अध्यादेश स्विकृत गरेकोमा राष्ट्रपतिलाई पूर्व अध्यक्ष रेग्मीले दिए धन्यवाद
राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने
राप्रपाले स्थानीय तहको निर्वाचनमा ठूला पार्टीसँग तालमेल गर्ने
प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस
प्रदेश नं ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे सिफारिस
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
बिराटनगरका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निषेधाज्ञा
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते
सार्वजनिक भइसकेको १३ नतिजा मध्ये एमाले पहिलो, कसले कहाँ कति जिते
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे
विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

तपाईंले छुटाउनुभयो कि?