अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०८१
|
|
१५ पटक हेरिएको
Shares
अन्तिम चुनावी सभा,भाषण कला र विकासे फण्डा

सारांश

  • विजय तिमिल्सिना ईलाम-२ उपनिर्वाचनमको मत बटुल्दै छ ।
  • बैशाख १५ मा आ-आफ्नो पाटीका चुनाव चिन्नमा छाप लगाई मत पेटीका भर्ने दाउमा छन दलहरु ।
  • उम्मेदवार र दलका शिर्श नेताहरु इलाम–२ अन्तर्गत पर्ने इलाम, देउमाई र माई नगरपालिका र चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका ४२ वटै वडामा मत फकाउने चटारोमा छन ।

विजय तिमिल्सिना

ईलाम-२ उपनिर्वाचनमको मत बटुल्दै छ । बैशाख १५ मा आ-आफ्नो पाटीका चुनाव चिन्नमा छाप लगाई मत पेटीका भर्ने दाउमा छन दलहरु । उम्मेदवार र दलका शिर्श नेताहरु इलाम–२ अन्तर्गत पर्ने इलाम, देउमाई र माई नगरपालिका र चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिकाका ४२ वटै वडामा मत फकाउने चटारोमा छन ।

पुर्व सभामुख सुवास नेम्वाङको हृदयाघातका कारण निदन भए पछि उक्त रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । अघिल्लो निर्वाचनमा माओवादी,समाजवादी र अन्य साना दलहरु सहितको गठबन्दनका काङ्ग्रेस उम्मेदवार डम्बर बहादुर खड्कालाई सुवास नेम्वाङले झिनो मताअन्तरले हरायका थिए भने देशै भर घण्टी बजाउने भन्दै हिंडेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवारले भने निकै निम्न मत प्राप्त गरेका थिए । लगभग १ लाख १६ हजार मतदाता रहेका यस क्षेत्रमा काङ्ग्रेस,एमलेकै बलियो प्रतिस्पर्दा थियो ।

यो उपनिर्वाचनमा भने काङ्ग्रेस र माओवादीको कित्ता परिवर्तन भई माओवादी फेरी एमालेको झोला बोक्न गएको अवस्था छ । प्रचण्ड कमरेड सरकार टिकाउने खेलमा एक पल्ट फेरी एमालेको शरणमा छन । समाजवादी अस्तित्व विहिन यात्रामा छ भने काङ्ग्रेस विपिवाद हरायको सर्पो झै छटपटाई रहेको छ । उसलाई अहिले एमालेका उम्मेदवार भन्दा बढी डर रास्वपाका उम्मेदवार सँग छ । रास्वपा पाटी सभापतिलाई चार्ज लगाउदै आफ्नो मत जोगाउने अभ्यास बाहेक कुनै नयाँ सोच र देश बोक्ने आवाज छैन । त्यो हुङ्कार एमालेका टुक्का मणी ओली कमरेड सँग पनि छैन । उनिलाई त झनै विरासतमा ल्याईेका नेम्वाङ पुत्रको लाज राख्न र पाटीको शाख जोगाउन नै हम्मे हम्मे परेको छ । यता रास्वपाको चर्चा र अर्का पहिचानवादी नेता कहलियका’मूढा’ चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूको माहोलले दुबै दल र दलका नेतालाई आछु आछु परेको छ ।

रास्वपा देश र भष्ट्राचार बोकेर भोट माग्दै छ स्वतन्त्र उम्मेदवार डकेन्द्र जातिय पहिचान सहित आफ्नो १ नम्बर प्रदेश कै पहिचान बोकेर अगाडि बढाउदै छ्न । काङ्ग्रेस एमाले भने रवी लामिछानेलाई सहकारीको बकम्फुसे चार्ज लगाउदै आफ्नो अस्तित्व नै दाउमा पर्दैछ । देश र जनताका मुद्द भन्दा पनि रवी र डकेन्द्रका मुद्दा बोकेर चुनावी मैदानमा डाँको छोडदैछन । विरासत बाट आएका सुहाङ र ठेक्कापट्टा व्यासाय प्रमोसनका लागि आएका डम्बरको प्रतिस्पर्दामा बादक बनेका रास्वपा र डकेन्द्रलाई पनि यो निर्वाचन भारी पर्ने नै छ ।

एमालेको किल्ला ईलाम-२ भत्काउने दाउमा रहेका काङ्ग्रेस,रास्वपा र डकेन्द्रलाई एमालेको नै चुनौती छ । विरासत नै सही सुहाङ नेम्वाङ लायक उम्मेदवार हुन हामी एमालेको भोट सुर्य बाहेकको अन्य चुनाव चिन्न्न छैन भन्नेको संख्या कायमै रयो भने धेरथोर युवा नयाँ भोट र पहिचानवादीहरुको भोट बाहेकका भोटमा बादलाव नआउन पनि सक्छ । धेरै मत काङ्ग्रेसको बाँडिन्छ भन्ने हल्लालाई आधार नमान्ने हो भने अघिलो निर्वाचनमा भएको माओवादीको पनि भोट लगेको एमालेलाई हराउन काङ्ग्रेसले सक्ने अवस्था नै रहन्न । तर परिस्थिती त्यस्तो छैन कोशीमा पानी निक्कै बगी सकेको छ भनेर जाने हो भने राजाका छोरालाई किन राजा मान्ने सुवास नेम्वाङका छोरा भएकै कारणले मात्रै उनलाई विश्वास गरीहाल्नु पर्ने कुनै कारण छैन यिनीहरु आफु र आफ्ना लागि मात्रै लडेका हुन देश र जनताका मुद्दा सधैं किनरमा राखेर चुनावमा मात्रै मुइ खान आउनेलाई होइन अब देश बनाउन जान्नेलाई छान्नु पर्छ भन्दै भाषण गर्नेका भाषणलाई जनताले पत्याई दिए भने कार्यकर्ता कै मात्रै मतले सुहाङलाई चुनाव जित्न मुस्किल पर्ने देखिन्छ । त्यस्तै चार्ज काङ्रेस उम्मेदवारलाई पनि लाउदै आएका रास्वपा र डकेन्द्रले दुबै पाटीका मत बदलेर आफ्नो पोल्टोमा पार्न सके भने अर्को प्रतिस्पर्दामा ३ दल १ स्वतन्त्र उम्मेदवारको रक्सारक्सी पर्नेछ ।

जनताले नयाँ दल खोजेका हुन कि नयाँ उम्मेदवार त्यस्को परिक्षा पनि यो निर्वाचनले गर्दैछ । नयाँ दलका नयाँ उम्मेदवार मिलन लिम्बु या पुराना दलका नयाँ उम्मेदवार सुहाङ कि पुरानै दल पुरानै उम्मेदवार डम्बर खड्का प्रश्न यो पनि छ । निर्वाचनलाई प्राय भाषण कलाले प्रभाव पार्दै आएको छ । कामले भन्दा पनि भाषण र फण्डाले मत प्रभाव पार्न दल र उम्मेदवारको पूर्ण रोल रहदै आएको छ । त्यसै अनुरुप आजको अन्तिमा चुनावी सभा पनि भाषण र विकासे फण्डामा एक दलका नेताले अर्का दलका नेतालाई पखान्दै समाप्त भय । देश र जनतालाई राता रात परिवर्तन गरिदिने झुटा आश्वासनलाई पत्याउदै भोट हाल्नु को विकल्प नभएका जनताले यसै विच पनि उम्मेदवार चिनेर भोट हाल्नु पर्नेछ ।

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?