चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
सारांश
- काठमाडौं।
- चितवन प्रहरीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार भएको भन्दै भइरहेको प्रचारप्रति ध्यानाकर्षण गराएको छ।
- जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि चितवनको हिरासत कक्षमा समेत नलगिएको प्रहरीको दाबी छ।
काठमाडौं। चितवन प्रहरीले रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पोखरा लाने क्रममा दुर्व्यवहार भएको भन्दै भइरहेको प्रचारप्रति ध्यानाकर्षण गराएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि चितवनको हिरासत कक्षमा समेत नलगिएको प्रहरीको दाबी छ।
‘बयान कार्य सकिएपश्चात् जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासत कक्षमा पनि नलगी आफन्त भेटघाट कक्षमा लामिछानेले आफन्त तथा शुभचिन्तकहरूसँग भेटघाट गरी सकेपश्चात् त्यहीँबाटै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृतको कमाण्डमा कास्की लगिएको थियो,’ चितवन प्रहरीले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ ।
नायब उपरीक्षकको कमाण्डमा रविलाई कास्की लगिएको भन्दै तथ्यहीन, भ्रामक एवं झुट्टा समाचार सम्प्रेषण भएको भन्दै प्रहरीले ध्यानाकर्षण गराएको हो ।
‘प्रहरीका कर्मचारीले राती सुतेको बेलामा हिरासत कक्षबाट उठाएको, दुव्र्यवहार गरेको, अस्वस्थताका बाबजुद लगिएको, प्रहरीका कर्मचारीले मादक पदार्थ सेवन गरेको भन्ने जस्ता भ्रामक, झुट्ठा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरु टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, चितवनको गम्भिर ध्यानाकर्षण भएको छ,’ प्रहरीले भनेको छ ।
सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा अनुसन्धान बिथोल्नेगरी प्रहरीमाथि नै ढुंगामुढा प्रहार भएको, मौसम हवाई उडानका लागि प्रतिकूल रहेकोले हवाई उडानबाट लैजान सक्ने अवस्था नरहेको, तत्काल प्राप्त सूचनाको विश्लेषण गर्दा भिडबाट लामिछानेकै पनि सुरक्षामा असर पर्नसक्ने भन्दै सोही दिन राति उनलाई कास्की लगिएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
सभापति लामिछानेले भने आफूविरुद्ध प्रहरीले ज्यादती गरेको बताएका छन् । म्याद थपका लागि आइतबार अदालतमा न्यायाधीशसमक्ष पनि उनले आफूविरुद्ध प्रहरीले ज्यादती गरेको, औषधिसमेत खान नदिएको, परिवारलाई फोन समेत गर्न नदिएको बताएका छन् ।
打开Binance账户
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.