इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
इलाम-२ मतगणना अपडेटः मतान्तर फराकिलो बनाउँदै सुहाङ

सारांश

  • इलाम।
  • इलाममा जारी इलाम-२ को मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार २८२ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्।
  • नेम्वाङले अहिले सम्ममा ७ हजार ६७७ मत प्राप्त गरेका छन्।

इलाम। इलाममा जारी इलाम-२ को मतगणनाको पछिल्लो मतपरिणाम अनुसार आफ्ना प्रतिस्पर्धीलाई २ हजार २८२ मतले पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता कायम राखेका छन्। नेम्वाङले अहिले सम्ममा ७ हजार ६७७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ४ हजार ५८ मत, रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले एक हजार १६२ मत प्राप्त गरेका छन्।

यो मत परिणाम फाकफोकथुम र चुलाचुली गाउँपालिकाको पाँच वटा वडाको हो। अब चुलाचुलीको बाँकी ६ नम्बर वडाको मत गणना जारी छ। अहिले सम्ममा १८ हजार ९४८ मत गणना भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?