बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)

सारांश

  • काठमाडाैँ, २ असाेज ।
  • नेपाली चलचित्र प्रसादकाे लै लै लै बाेलकाे गीत सार्वजनिक भएकाे छ ।
  • मंगलबार सामाजिक सञ्जाल युटुव मार्फत सार्वजनिक गरिएकाे यस गीतमा सुवाष भुषालले संगीत भरेका छन् भने चेतन छेत्रीकाे स्वरमा सजिएकाे छ ।

काठमाडाैँ, २ असाेज । नेपाली चलचित्र प्रसादकाे लै लै लै बाेलकाे गीत सार्वजनिक भएकाे छ ।मंगलबार सामाजिक सञ्जाल युटुव मार्फत सार्वजनिक गरिएकाे यस गीतमा सुवाष भुषालले संगीत भरेका छन् भने चेतन छेत्रीकाे स्वरमा सजिएकाे छ । त्यस्तै गीतमा गणेश शाहिकाे  शब्द रहेकाे छ ।

अाफ्नाे लचिलाे अभिनयका कारण लाेकप्रिय बनेका कलाकार बिपिन कार्कि र प्रतिभावान नायिका नम्रता श्रेष्ठ सँग पछिल्लाे समय कालेदाईकाे नामले प्रख्यात कलाकार निश्चल बस्नेत अभिनित चलचित्रकाे सार्वजनिक गरिएकाे याे पहिलाे गीत हाे । यस गीतमा बिपिन र नम्रतालाई श्रीमान श्रीमतिका रुपमा देखाइएकाे छ ।

दर्जीकाे सामान्य जीवनयापन गरेका उनीहरु अाफ्नाे  ठाउँमा खुशी देखिन्छन् । अापसमा सुखमय देखिएकाे उनीहरुकाे दाम्पत्य जीवन गीतकाे अन्त्यतिर समस्यारत देखाइएकाे छ । यद्दपि त्याे उनीहरुकाे अापसी मनमुटाव हाे  या कुनै खलपात्रका कारण त्याे अवस्थाबाट गुज्रेका हुन् भन्ने कुरा भने खुलाइएकाे छैन ।

गीतमा निश्चल बस्नेतकाे अागमन पनि केही रहस्य सहित गराइएकाे छ । बिपिनले यस चलचित्रमा पनि अाफ्ना पछिल्ला रुप दाेहाेेेर्याएका छैनन् । अथवा यहाँ पनि दर्शकले उनकाे अभिनयाकाे नयाँ स्वाद पाउनेछन् । फिल्मले केही समाजिक सन्देश दिने याे गीतबाट नै प्रष्ट हुन्छ ।

चलचित्र दिनेश राउतकाे निर्देशन तथा सुशिल पाैडेलकाे लेखनमा बनेकाे हाे भने निर्माता सुवाष थापा हुन् । चलचित्र मंसिर १९ मा रिलिज हुँदैछ ।

भिडियाेः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सय दिनमा विद्यासुन्दरले गर्ने १०१ काम !
सय दिनमा विद्यासुन्दरले गर्ने १०१ काम !
१० जना डिआईजी मध्य एआइजीमा क–कसको चम्किदैछ भाग्य ?
१० जना डिआईजी मध्य एआइजीमा क–कसको चम्किदैछ भाग्य ?
जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते
प्रविधिमा किसानको आकर्षण बढ्दो
प्रविधिमा किसानको आकर्षण बढ्दो
चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै
चार पालिकामा फोहरमैला प्रशोधन केन्द्र निर्माण हुँदै
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
३३ केजि सुन प्रकरण:  सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
३३ केजि सुन प्रकरण: सनमकी गलफ्रेण्ड निशाले दिएको बयान यस्तो छ !
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल