महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • सरकारले लामो विवादपछि अन्ततः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको पदस्थापन गरेको छ ।
  • सरकारले आइतबार राति हालै बढुवा भएका एआईजीहरुको पदस्थापन गरेको हो ।

काठमाडौं । सरकारले लामो विवादपछि अन्ततः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको पदस्थापन गरेको छ । सरकारले आइतबार राति हालै बढुवा भएका एआईजीहरुको पदस्थापन गरेको हो ।

एआईजी पदस्थापनमा खासगरी महानगरीय प्रहरी कार्यालयमा कसलाई लैजाने भन्ने सत्तारुढ दलबीच चर्काे विवाद थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जयबहादुर चन्दलाई महागगरीय प्रहरी प्रमुख बनाउन चाहन्थे । तर, गृह मन्त्रालयको नेतृत्व गरेको दल माओवादी भने पहिलो नम्बरका एआईजी बमबहादुर भण्डारीलाई त्यहाँ लैजान चाहन्थ्यो । अन्ततः महानगरीय प्रहरीमा देउवाकै दबाबमा दोस्रो नम्बरका एआईजी चन्दलाई ल्याइएको छ । भण्डारीलाई भने अपराध अनुसन्धान विभागमा लगिएको छ ।

यसैगरी, देवेन्द्र सुवेदीलाई राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, पशुपति उपाध्याय प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ र केशरीराज घिमिरेलाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं ३ मा पदस्थापन गरिएको छ । यसैगरी, माधवप्रसाद जोशीलाई प्रशासन विभाग, विजयलाल कायस्थ प्रदेश प्रहरी कार्यालय प्रदेश नं २, कमलसिंह बम प्रदेश प्रहरी कार्यालय प्रदेश नं ४, मिङमार लामालाई प्रदेश प्रहरी कार्यालय प्रदेश नं ५, रणबहादुर चन्द प्रदेश प्रहरी कार्यालय प्रदेश नं ६ र विजय कुमार भट्टको प्रदेश प्रहरी कार्यालय प्रदेश नं ७ मा पदस्थापना गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
फलफूल वितरण
फलफूल वितरण
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
साफ च्याम्पियनसिप : नेपाललाई आज जित्नै पर्ने दबाब
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
एनसेलले ल्यायो ‘एनसेल जबसप’, रोजगारी खोज्ने र प्रदान गर्नेलाई जोड्ने एउटै प्लेटफर्म
ओली-प्रचण्ड भेटवार्ता सुरु : के विषयमा होला छलफल ?
ओली-प्रचण्ड भेटवार्ता सुरु : के विषयमा होला छलफल ?
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
आर्थिक गणनाको नतिजा :मुलुकभर नौ लाख औद्योगिक प्रतिष्ठान
आर्थिक गणनाको नतिजा :मुलुकभर नौ लाख औद्योगिक प्रतिष्ठान
सन्तोषी भइन् मिसेस नेपाल युनिभर्स २०२४
सन्तोषी भइन् मिसेस नेपाल युनिभर्स २०२४

तपाईंले छुटाउनुभयो कि?