अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई नियन्त्रणमा लिन शुरु
सारांश
- उदयपुर १४ भदौ।
- जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न मुद्दामा अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई नियन्त्रणमा लिन शुरु गरेको छ।
- जिल्ला अदालत भोजपुरद्वारा २०७१ जेठ २२ गते ज्यानमार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सुनाईएका प्रतिवादी दाबा निमा शेर्पा पक्राउ परेका छन्।
उदयपुर १४ भदौ।जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न मुद्दामा अदालत द्वारा कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई नियन्त्रणमा लिन शुरु गरेको छ।
जिल्ला अदालत भोजपुरद्वारा २०७१ जेठ २२ गते ज्यानमार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सुनाईएका प्रतिवादी दाबा निमा शेर्पा पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ८ का शेर्पालाई घरबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।यसैगरी, हाडनाता करणी मुद्दाका फरार दिक्तेल रुपाकोट मझुवागढी १३ का १८ वर्षीय रामु भनिने सांगे शेर्पालाइ बुधबार प्रहरीले पक्राउ गरेको हो। अदालतले शेर्पालाई ५ बर्ष कैदको आदेश गरेको छ। सवारी ज्यान मुद्दाका हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मंगलटारका १९ वर्षीय देबेन्द्र बस्नेतलाई बिहिबार पक्राउ गरिए को छ।
पक्राउ परेका तीनै जनालाई अदालतको फैसला कार्यान्वयनका खोटाङ कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी राजकुमार केशी ले जानकारी दिए।
प्रतिक्रिया