फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
फिफा विश्वकप छनौटः नेपाल र यमनको खेल २-२ गोलको बराबरीमा

सारांश

  • काठमाडौं।
  • फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ।
  • अघिल्ला पाँच खेलमा जित र गोलविहीन नेपालले साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो।

काठमाडौं। फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ।

अघिल्ला पाँच खेलमा जित र गोलविहीन नेपालले साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो।

नेपालका लागि अग्रपंक्तीका सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे। दुवै खेलाडीका लागि यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।

नवौं मिनेटमा पेनाल्टीमार्फत नेपालले गोल खान पुगेको थियो। डि बक्सभित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए।

त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो। एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीवले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए।

६६औं मिनेटमा नेपालले खेलमा अग्रता दियो। छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो। तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल-दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो।

जारी छनोटको दोस्रो चरणमा नेपालले छैटौं खेलमा आएर पहिलो गोल गरेको हो। यसअघि समूहको पाँचवटै खेलमा पराजित हुँदा नेपाल गोलविहिन बनेको थियो।

यमनसँग बराबरी खेलेपछि समूह एचमा नेपालले १ अंक जोड्न सफल भएको छ। ६ खेलमा कूल २० गोल व्यहोरेको नेपालले जम्मा दुई गोल गर्‍यो। यमनले भने ६ मध्ये १ खेल जित्दा २ खेल बराबरी खेल्यो भने ३ खेलमा पराजित भयो।

समूह एचको शीर्ष दुईमा नपरेपछि नेपाल र यमन दुवै फिफा विश्वकप छनोटको यात्राबाट बाहिरिसकेका छन्। अब नेपाल र यमनले एसियन कप २०२७ का लागि तेस्रो चरणका छनोट खेल्नेछन्।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    igameplay

    I do not even know how I ended up here but I thought this post was great I do not know who you are but certainly youre going to a famous blogger if you are not already Cheers

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?