मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २५, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ।

हाल देशका धेरैजसो स्थानहरुमा साधारणतया बदली रही कोशी,मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागको एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। कोशी, मधेश, लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।साथै कोशी प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?