सागर लम्साल ‘बले’ गरे विवाह

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सागर लम्साल ‘बले’ गरे विवाह

सारांश

  • काठमाडौं।
  • कलाकार तथा मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवनको सुरुवात गरेका छन् ।
  • उनले आइतबार झापाकी स्नेहा दंगालसँग विवाह गरेका हुन् ।

काठमाडौं। कलाकार तथा मोडल सागर लम्साल ‘बले’ ले बैवाहिक जीवनको सुरुवात गरेका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग विवाह गरेका हुन् ।

काठमाडौँको चाबहिलको एक पार्टी प्यालेसमा सागरले स्नेहासँग विवाह गरेका हुन् । पेशाले नर्स रहेकी स्नेहासँग बलेले मागी विवाह गरेको स्रोतले जनाएको छ ।

सामाजिक सञ्जालमा उनीहरुको विवाहको फोटो हाल्दै धेरै कलाकारले बधाई दिएका छन् । पछिल्लो समय उनी हास्य टेलिसिरियल ‘सक्किगो नि’ मा बलेको भूमिका निर्वाह गर्दै आएका छन् । साथै विभिन्न म्युजिक भिडिओमा अभिनय गर्दै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?