ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १, २०८१
|
|
१८ पटक हेरिएको
Shares
ट्रम्पविरुद्धको गोप्य कागजात मुद्दा खारेज

सारांश

  • काठमाडौँ ।
  • फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ।
  • न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउँदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन्।

काठमाडौँ । फ्लोरिडाको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजातहरू राखेको आरोपमा मुद्दा खारेज गरेको छ।

न्यायाधीश इलिन क्याननले ट्रम्पको पक्षमा फैसला सुनाउँदै यो मुद्दा ल्याउने अधिकार नभएको बताएका छन्। क्याननलाई ट्रम्पले नै नियुक्त गरेका न्यायाधीश हुन्। न्यायाधीशले क्याननले ९३ पृष्ठ लामो फैसला सुनाएका छन्।

फैसला पछि ट्रम्पले यो मुद्दा खारेज गर्नु पहिलो कदम भएको बताउदै आफूमाथिका चारवटै फौजदारी मुद्दा खारेज गर्नुपर्नेमा जोड दिए। उनले भनेका छन्- ‘यस फैसलाले सबै राजनीतिक आक्रमणहरू समाधान गरेको छ जुन मेरा राजनीतिक विरोधीहरूको म विरुद्ध चुनावी षड्यन्त्र थियो।’

ट्रम्पमाथि अमेरिकी राष्ट्रपति पद छाडेपछि ह्वाइट हाउसबाट गोप्य कागजात गलत ढंगले आफ्नो निजी निवासमा लगेको आरोप लागेको थियो। यसबाहेक ट्रम्पमाथि ती कागजातहरू फिर्ता गर्न एफबीआईको प्रयासमा अवरोध गरेको आरोप पनि लगाइएको छ।

यसबाहेक ट्रम्पमाथि आठ विभिन्न आरोप लगाइएको थियो। यी अभियोगहरूमा न्यायमा बाधा पुर्‍याउने षड्यन्त्र, कागजपत्र वा अभिलेख राख्ने र झुटा बयान दिने समावेश छन्। तर, ट्रम्पले आफूलाई सबै आरोपबाट निर्दोष घोषणा गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?