कार्यदलको रिपोर्टका आधारमा एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २४ पुस ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच वैचारिक एकरुपता र साङ्गठनिक एकताका लागि गृहकार्य गर्न कार्यदल गठन गरिने भएको छ ।
  • कार्यदलले दिएको रिपोर्टका आधारमा एकता प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

काठमाडौं, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच वैचारिक एकरुपता र साङ्गठनिक एकताका लागि गृहकार्य गर्न कार्यदल गठन गरिने भएको छ । कार्यदलले दिएको रिपोर्टका आधारमा एकता प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सम्भवतः मंगलवार बस्ने एकता संयोजन समितिको बैठकले उक्त कार्यदल गठन गर्ने कार्यसूची रहेको बताइएको छ । एकता संयोजन समितिको मंगलवार बस्ने एकता संयोजन समितिको छलफलका विषयमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा लगायतका नेताहरुसँग अध्यक्ष प्रचण्डले परामर्श लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?