एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
एसिया कप छनाेटः युएइकाे सनसनीपूर्ण सुरुवात, सि‌ंगापुर २१५ रनले पराजित !

सारांश

  • काठमाडाैँ, १३ भदाै ।
  • एसिया कप छनाेट प्रतियाेगितामा युएइले सिंगापुरमाथि सहज जित दर्ता गर्दै सुखद सुरुवात गरेकाे छ ।
  • युएइले सिंगापुरलाई २ सय १५ रनकाे विशाल अन्तरले हराउँदै प्रतियाेगितामा अाफ्नाे जबरदस्त उपस्थिति जनाएकाे छ ।

काठमाडाैँ, १३ भदाै । एसिया कप छनाेट प्रतियाेगितामा युएइले सिंगापुरमाथि सहज जित दर्ता गर्दै सुखद सुरुवात गरेकाे छ । युएइले सिंगापुरलाई २ सय १५ रनकाे विशाल अन्तरले हराउँदै प्रतियाेगितामा अाफ्नाे जबरदस्त उपस्थिति जनाएकाे छ ।

३ सय १३ रनकाे लक्ष्य पछ्याएकाे सिंगापुरले सबै विकेट गुमाएर ९७ रन मात्र बनाउन सकेकाे थयाे । ५० रन मै ९ विकेट गुमाएकाे सिंगापुरले अन्तिम विकेटका लागि  ४७ रनकाे साझेदारी गरेकाे थियाे। यस अघि पहिले ब्याटिङ् गरेकाे युएइले ८ विकेट गुमाएर ३ सय १२ रन बनाएकाे थियाे ।

त्यस्तै अर्काे खेलमा दावेदार मानिएकाे हङ्कङ् अायाेजक मलेसियासँग ३ विकेटले पराजित भएकाे छ । हङ्कङ्ले दिएकाे १ सय ६२ रनकाे लक्ष्य मलेसियाले ७ विकेटकाे क्षतिमा ४३ अाैँ अाेभरमा भेटाएकाे थियाे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    Oman won Nepal lost the match by 7 wickets.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?