कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कामु प्रधानसेनापतिको जिम्मेवारी सिग्देललाई

सारांश

  • काठमाडौं।
  • सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिन सिफारिस गरेको छ।
  • बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले वरिष्ठ रथी सिग्देललाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागू हुने गरि कायममुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरि तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

काठमाडौं। सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिन सिफारिस गरेको छ।

बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले वरिष्ठ रथी सिग्देललाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम साउन २५ गतेदेखि लागू हुने गरि कायममुकायम भइ प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरि तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।

अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदैछ। त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न सिफारिस गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले महिला बालबालिका मन्त्रालय अन्तर्गत विभिन्न कार्यक्रमका लागि ११ अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गत ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए।

त्यस्तै बैठकले ५ देशका राजदूत फिर्ता गर्दै १८ देशमा राजदूत नियुक्ति सिफारिस गरिएको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
जलेश्वरको मेयर उम्मेदवार बन्न राजपामा मारामार, कसले पाउँला टिकट ?
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
यसअघि भारतबाट ल्याउने गरिएका मतपेटिकादेखि मसीसम्म चीनबाट !
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
परिमार्जन नभइ एमसिसी पारित हुन्न,  राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
परिमार्जन नभइ एमसिसी पारित हुन्न, राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
वर्षा नहुँदा पर्साको रोपाइँ ३५ प्रतिशत मात्र
वर्षा नहुँदा पर्साको रोपाइँ ३५ प्रतिशत मात्र
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ
पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार : प्रधानमन्त्री
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
नेपालको जलवायु नीति र कानुनीपरिदृश्यमा सरोकारवालाहरूसँग परामर्श र संस्थाको २०औं राष्ट्रिय सामाजिक लेखापरीक्षण
Cambodian PM condemns mass shooting in Las Vegas
Cambodian PM condemns mass shooting in Las Vegas

तपाईंले छुटाउनुभयो कि?