प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?

सारांश

  • काठमाडौँ ।
  • संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको हो ।

काठमाडौँ । संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट भएको हो ।

भेट अध्यक्ष ओलीको बालकोटस्थित निवासमा भएको हो । उहाँ केही दिनयता घरमै स्वास्थ्यलाभ गरिरहेकाले उनको निवासमा भेट भएको हो ।

उनीहरुबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?