पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पैसा लिएर लाइसेन्स दिने ८ जना कम्प्युटर अपरेटरलाई भ्रष्टाचार मुद्दा

सारांश

  • काठमाडौं ।
  • पैसा लिएर चालक अनुमती पत्र अर्थात लाइसेन्स दिलाउनेहरुलाई अख्तियारले भ्रष्टाचार गरेको भन्दै ८ जना कम्प्युटर अपरेटरलाई मुद्दा दर्ता गरेको छ ।
  • यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश ३ बागमती ललितपुरबाट परीक्षामा फेल भएका, ट्रायल परीक्षा नदिएकाहरुले समेत सवारी चालक अनुमति पत्र दिने गरेका छन् ।

काठमाडौं । पैसा लिएर चालक अनुमती पत्र अर्थात लाइसेन्स दिलाउनेहरुलाई अख्तियारले भ्रष्टाचार गरेको भन्दै ८ जना कम्प्युटर अपरेटरलाई मुद्दा दर्ता गरेको छ ।

यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश ३ बागमती ललितपुरबाट परीक्षामा फेल भएका, ट्रायल परीक्षा नदिएकाहरुले समेत सवारी चालक अनुमति पत्र दिने गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीको आधारमा अनुसन्धान गरेको थियो ।

२०७५ साउन १६ देखि असोज २४ सम्म एकान्तकुना कार्यालयबाट लिएका विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको परीक्षामा फेल भएका, परीक्षा नै नदिएका, चेकलिष्टमा नाम समावेश नभएकासमेत गरी ६ सय २९ वटा लाइसेन्स फेरबदल गरेको भेटाएको हो ।

तिनीहरुको नतिजा फेरवदल गरी सवारी चालक अनुमति पत्र दिनेहरुलाई मुद्दा दर्ता गरेको छ । लाइसेन्स दिने काममा संलग्न रहेका यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय बागमती एकान्तकुनामा कार्यरत शाखा अधिकृत भक्तबहादुर विष्ट¸ शाखा अधिकृत विष्णुप्रसाद सुवेदी¸ यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय ठुलोभर्याङ काठमाडौंका कम्प्युटर अधिकृत विजेन्द्र राज जोशी¸ यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनामा कार्यरत कम्प्युटर अपरेटर जयनारायण चौधरी¸ कम्प्युटर अपरेटर सचिनकुमार सिंह¸ तत्कालीन यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना हाल कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका कम्प्युटर अपरेटर अमितकुमार साह¸ हाल मेची यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर विजयराम बनमाला, हाल प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका कम्प्युटर अपरेटर मदनकुमार साहसमेत ८ जनालाई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता भएको छ ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १३ को कसुरमा सोही दफा बमोजिम हदैसम्मको जरिवाना र कैद सजाय मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तातोपानी डुब्न गएका गृहमन्त्री थापाले गरे बस उद्घाटन
तातोपानी डुब्न गएका गृहमन्त्री थापाले गरे बस उद्घाटन
दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो
दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालियो
सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप
सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
वाइडबडी घोटला छायाँमा पार्न चलखेल सुरु, भ्रष्टाचार ठहरिए पूर्व प्रधानमन्त्रीहरु पनि तानिने
हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन
हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन
अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या
अपहरणकारीले १ करोड २ लाख फिरौती रकम लिएर ९ वर्षे बालकको हत्या
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
क्यालिब्रेसन फ्लाइटको असरः अन्य उडान भद्रगोल, कतार एयरले लगायो आकाशमै १७ फन्का
सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,
सप्तरी शोकमग्न ;;एकै परिवारका पाँचजनाको मृत्यु,
थाहा पाउनुस प्रधानसेनापति थापाको सम्पत्ति कति छ ?
थाहा पाउनुस प्रधानसेनापति थापाको सम्पत्ति कति छ ?
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ
भदौ ३० गते मंगलवारको राशिफल यस्तो छ