इजराइल-हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०८०
|
|
३२ पटक हेरिएको
Shares
इजराइल-हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

सारांश

  • नयाँदिल्ली ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् ।
  • “यो समय ग्लोबल साउथ मुलुकहरू वृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ”, विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने ।

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् ।

“यो समय ग्लोबल साउथ मुलुकहरू वृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ”, विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने ।

गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो । सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।

आफूलाई ग्लोबल साउथको नेताका रूपमा हेर्ने भारतले यी मुलुकहरूका लागि विश्वले महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गर्नुपर्ने बताएको छ ।

“हामी एक सयभन्दा बढी मुलुक भए पनि प्राथमिकता उस्तै छ”, संसाधन दक्षता, गरिबी न्यूनीकरण र खाद्य सुरक्षासहित विकासशील मुलुकहरूका लागि महत्त्वपूर्ण मुद्दामा जोड दिँदै मोदीले भने, “भ्वाइस अफ ग्लोबल साउथ २१औँ शताब्दीको सबैभन्दा अनौठो प्लेटफर्ममध्येको एक हो, भौगोलिक दृष्टिकोणले विश्वव्यापी दक्षिण सधैँ अस्तित्वमा छ तर यसले पहिलोपटक आफ्नै आवाज प्राप्त गरेको छ।”

जलवायु वित्त, विकासशील मुलुकहरूको कर्जा बोझ र दिगो विकासका लागि किफायती र समावेशी ऊर्जा परिवर्तन शिखर सम्मेलनको बन्द सत्रमा छलफल गरिने विषय रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा इजराइल–हमास युद्धमा सर्वसाधारणको भएको मृत्युको भरत्सर्ना गर्दै युद्धबाट नयाँ चुनौती आएको बताए ।

“अक्टोबर ७ मा इजराइलमा भएको आतङ्कवादी हमलाको भारत निन्दा गर्दछ, हामीले पनि संयमता अपनाएका छौँ, संवाद र कूटनीतिमा जोड दिएका छौँ, हामी इजराइल र हमासबीचको सङ्घर्षमा सर्वसाधारणको भएको मृत्युको पनि घोर भर्त्सना गर्दछौँ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक प्रमुख नआए पछि रिसाए ९ देशका सांसदहरु
फेसबुक प्रमुख नआए पछि रिसाए ९ देशका सांसदहरु
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप
पक्राउ परेका पूर्वमन्त्री विश्वकर्मालाई ५ दिनको म्याद थप
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
बाढीले डुबायो नवलपरासीको सिमावर्ती
बाढीले डुबायो नवलपरासीको सिमावर्ती
आज १३ सय १३ कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज
नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने
नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
बैशाख ३० गते मंगलबारको राशिफल यस्तो छ
बैशाख ३० गते मंगलबारको राशिफल यस्तो छ
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या
अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या

तपाईंले छुटाउनुभयो कि?