कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई ओलीको आग्रह ,,,,,

सारांश

  •    काठमाडौं ।
  •   एक साता लामो तिब्बत भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई आग्रह गरे ।
  • पास फेल जे भए पनि संविधान संशोधन प्रस्ताव मतदानमा लैजाने कांग्रेसको निर्णयलाई ओलीले दाउपेचको संज्ञा दिएका हुन् ।

 

 काठमाडौं ।  एक साता लामो तिब्बत भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेसको छलछाम र दाउपेचको शिकार नबन्न राजपा नेताहरुलाई आग्रह गरे ।पास फेल जे भए पनि संविधान संशोधन प्रस्ताव मतदानमा लैजाने कांग्रेसको निर्णयलाई ओलीले दाउपेचको संज्ञा दिएका हुन् । उनले राजपालाई चुनावभन्दा बाहिर राखेर मधेसमा केही सिट थप जित्ने दाउ कांग्रेसको रहेको बताए ।

‘कांग्रेसले यस्ता कुरामा राजनीति गरिरहनु हुँदैन, दाउपेच गरिरहनु हुँदैन । म भन्छु, कांग्रेसले यस्ता कुरामा छलछाम नगरोस्’ ओलीले भने, ‘कांग्रेसले घुमाई फिराई राजपालाई दोस्रो चरणको चुनावमा सहभागी हुन दिएन । उसको स्वार्थ केही भोट

मधेसमा थपिन्छ कि भन्ने हो । अहिले पनि राजपालाई बाहिर राख्न चाहन्छ र संविधान संशोधनलाई दाउपेचको अस्त्र बनाइरहेको छ ।’

ओलीले नयाँ संसदले मात्र अब संविधान संशोधन गर्ने भन्दै राजपालाई झुक्याउने काम कांग्रेसले गरिरहेको आरोप लगाए । उनले कांग्रेसले दमन गर्दा, झुक्याउँदा र धोखा दिँदा पनि राजपाले कांग्रेसबाटै प्रयोग भएर एमालेको आलोचना गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

ओलीले भने, ‘संविधान संशोधनमा दाउपेच र छलछाम नगरौं । यो रुपान्तरिक संसदले होइन, नयाँ संसदले संविधान संशोधनबारे निर्णय गर्न सक्छ ।’

राजपाले चुनावमा भाग नलिए रेल त अघि बढ्ने र यात्री (राजपा) छुट्न उनको टिप्पणी छ

पहिले प्रतिनिधिसभा चुनाव

एमाले अध्यक्ष ओलीले मंसिर पहिलो सातामा प्रतिनिधिसभाको चुनाव हुनुपर्ने बताए । प्रतिनिधिसभा चुनाव नभए मुलुकमा संवैधानिक र राजनीतिक संकट आउने भन्दै ओलीले प्रदेशसभाको चुनावसँगै वा त्यसभन्दा पछि पनि गर्न सकिने बताए ।

ओलीले भने, ‘निर्वाचन आयोग र सरकारलाई हामी माघ ७ को समयसिमा स्मरण गराउन चाहान्छौं । पहिले प्रतिनिसभाको चुनाव हुनुपर्छ, नत्र संवैधानिक संकट हुन्छ । प्रदेश र प्रतिनिधिसभाको चुनाव एकैपटक गर्न सकिन्छ ।’

एकै चरणमा गर्ने र एउटै मतपत्रमा समानुपातिक र प्रत्यक्ष मतदान गर्ने कुरामा एमाले लचिलो रहेको ओलीले बताए । तर, त्यसका नाममा चुनाव सार्ने कुरा स्वीकार्य नहुने उनले प्रष्ट पारे ।

ओलीले दुवै चुनाव एकै चरणमा गर्दा मतपत्र धेरै हुने अवस्था आएमा प्रत्यक्षतर्फ प्राप्त गरेको मतलाई नै पार्टीले पाएको मानेर समानुपातिक मतमा गन्न सकिने उपाय सुझाए ।

नाकामा सडक ल्याउन चीन तयार

मानसरोबर यात्राका क्रममा तिब्बत सरकार उच्च अधिकारी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटवार्ता गरेका ओलीले आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौता कार्यन्वयनका लागि चीनले चासो दिएको बताए ।

उनले यस विषयमा आफूले सरकारको पनि ध्यानाकर्षण गराउने बताए । ओलीले सिगात्से भ्रमणका क्रममा त्यहाँका उच्च अधिकारीहरुसँग केरुङ, तातोपानी र किमाथांका नाका खुलाउनेबारे छलफल भएको बताए ।चिनियाँ पक्षले नेपाली सीमा नाकासम्म सडक बिस्तार गर्ने कार्य चाँडै सकिने जानकारी दिएको उनले बताए । ओलीलाई स्वागत गर्न बिमानस्थलमा कार्यवाहक अध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु पुगेका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
‘केपी बा आँफैंमा गाइजात्रा हुनुहुन्छ, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ’ : दमन रुपाखेती (भिडिओसहित)
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
सातवटा प्रदेशमा राष्ट्रियसभाको निर्वाचन, सरकारले तोक्ने प्रदेशको केन्द्रमा मतदान
कामु प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो पेशी अाफै तोके
राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की
राजीनामा नदिए जनकारवाही गर्ने विप्लव माओवादीको धम्की
घट्दै एचआइभी सङ्क्रमित
घट्दै एचआइभी सङ्क्रमित
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
रोकाको सफलताको कथा, भैसी पालेर विदेशभन्दा ४ गुणा आम्दानी
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त
आज किराँत महागुरु फाल्गुनन्द जयन्ती, राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

तपाईंले छुटाउनुभयो कि?