करेन्ट लागेर मृत्यु
सारांश
- काठमाडौँ, ५ भदौ बर्दिया ः बासगढी नगरपालिका–५ बस्ने ३८ बर्षीय धनीराम थारुको करेन्ट लागेर मृत्यु भएको छ ।
- सोमबार बढैयाताल गाउँपालिका–४ बस्ने होम बहादुर भुजेलको घरको धारामा हात धुने क्रममा करेन्ट लागेर असक्त भएका थारुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
- पाल्पा ः रैनादेबी छहरा–२ सोमादी कोकलधारा बस्ने ३६ बर्षीय खुम बहादुर रेग्मी सोमबार घर नजिकैको बिजुलीको ट्रान्सफर्मरको फ्युज मर्मत गर्न पोलमा चढी बनाउने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएकोले उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
काठमाडौँ, ५ भदौ
बर्दिया ः बासगढी नगरपालिका–५ बस्ने ३८ बर्षीय धनीराम थारुको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बढैयाताल गाउँपालिका–४ बस्ने होम बहादुर भुजेलको घरको धारामा हात धुने क्रममा करेन्ट लागेर असक्त भएका थारुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पाल्पा ः रैनादेबी छहरा–२ सोमादी कोकलधारा बस्ने ३६ बर्षीय खुम बहादुर रेग्मी सोमबार घर नजिकैको बिजुलीको ट्रान्सफर्मरको फ्युज मर्मत गर्न पोलमा चढी बनाउने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएकोले उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया