उपप्रमुखले कानुन नजान्दा मुद्दा घाँडो बन्दै
सारांश
- न कानुनको जानकार, न त कानुनी सल्लाहकार ।
- स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्दा किनारा लगाउन निकै असहज छ ।
- यही अज्ञानताकै कारण गरिने निर्णय उनीहरु आफ्नै लागि घाँडो बन्न थालेका छन् ।
न कानुनको जानकार, न त कानुनी सल्लाहकार । स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्दा किनारा लगाउन निकै असहज छ ।
यही अज्ञानताकै कारण गरिने निर्णय उनीहरु आफ्नै लागि घाँडो बन्न थालेका छन् । जिल्लाको गढवा गाउँपालिकाले अहिले उच्च अदालतमा तारेख खेपिरहेको छ ।
न्यायिक समितिले गरेको निर्णयका कारण अहिलेसम्म उच्च अदालतमा तीनवटा तारेख बनिसकेको, गाउँपालिका अध्यक्ष सहजराम अहिर भन्छन् हेरौँ फैसला के हुन्छ ?
गाउँपालिकाका एक व्यक्तिले आफ्नी आमाका नाममा रहेको जमिन पाउनुपर्ने भन्दै नामसारीका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिए । वडा अध्यक्षले नामसारीका लागि सिफारिस गर्ने ईच्छा नदेखाएपछि उनी गाउँपालिका अध्यक्षकहाँ पुगे ।
अध्यक्षले पनि वडाको जिम्मेवारी काम आफ्नो काँधमा लिन चाहेनन् । अध्ययनले सिफारिस दिन नमिल्ने भनेपछि यो मुद्दा गाउँपालिकाको न्यायिक समितिमा पेस भयो । समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले घटनाबारे बुझिनन् ।
आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया