नयाँ शक्ति र फोरमबीच साँच्चै एकता होला त ?
सारांश
- काठमाडौं/ संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरणको तयारी सुरु भएको छ ।
- संघीय फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा गरी वैशाखभित्र गर्ने दुवै पार्टीका नेताहरूले जनाए।
- एकीकरण हुने भनिएपनि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुटने विषयमा सबैभन्दा ठूलो समस्या हुने बताइएको छ ।
काठमाडौं/ संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकीकरणको तयारी सुरु भएको छ । संघीय फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा गरी वैशाखभित्र गर्ने दुवै पार्टीका नेताहरूले जनाए।
एकीकरण हुने भनिएपनि एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा सहमति जुटने विषयमा सबैभन्दा ठूलो समस्या हुने बताइएको छ । संघीय समाजवादीका उपेन्द्र यादव र बाबुराम भट्टराईबीच सहमती भएमा मात्र एकीकरण हुने बताइएको छ ।
पार्टी एकीकरणको विषयमा निर्णय गर्न फोरम र नयाँ शक्तिले केन्दीय समितिको बैठक बोलाएका छन् ।
केन्द्रीय समितिले निर्णय गरेर पास गरेको भोलिपल्टै एकीकरण गर्ने फोरमका एक नेताले दाबी गरे । वार्ता टोलीका एक सदस्यका अनुसार पार्टी एकीकरण पछि पार्टी अध्यक्ष को भन्ने विषय नै समस्याको रुपमा देखिएको बताइएको छ ।
प्रतिक्रिया