आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
१९ पटक हेरिएको
Shares
आजदेखि फुटबल खेलाडीको कोरोना परीक्षण

सारांश

  • काठमाडौं, साउन २६ ।
  • नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ ।
  • कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

काठमाडौं, साउन २६ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल पुरुष ३४ खेलाडीलाई क्वारेन्टिनमा राखिएको छ ।

खेलाडीसँगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने राईले बताए। “खेलाडीको पीसीआर परीक्षण गर्न दुई दिन लाग्नेछ”, उनले भने । परीक्षणको नतिजा आएपछि प्रशिक्षण अगाडि बढ्नेछ ।

सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो । फिफा र विश्व स्वास्थ्य सङ्गठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ । कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ ९एएफसी० ले फिफालाई प्रस्ताव गरेको छ । स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ । ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ । नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । अन्य चार खेलमा नेपाल पराजित भएको थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८:  २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
विश्वकप फुटबल २०१८: २१औं प्रतियोगिताको विधिवत उद्घाटन याे समयमा हुने
डोल्पा पनि शुरु भयो मतगणना, कसले कति पाए ?
डोल्पा पनि शुरु भयो मतगणना, कसले कति पाए ?
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
तपाइँले ठूलै सफलता पाउनु भएको छ भने पनि त्यसको घमण्ड नगर्नुस्….
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
स्वदेशी लगानीमा निर्माण हुने माथिल्लाे अरुण !
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
विश्वराज पोखरेललाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
जनमोर्चाका अध्यक्ष केसीले  निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे
जनमोर्चाका अध्यक्ष केसीले निर्वाचनमा १८ लाख १४ हजार खर्च गरे
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
भूमिहीन र सुकुम्बासीको अझै तथ्याङ्क सङ्कलन हुन सकेन
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
स्थानीय तह निर्वाचनः फराकिलो अन्तरले कांग्रेस अगाडि,पछ्याउँदै एमाले
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी

तपाईंले छुटाउनुभयो कि?