कहिले खुल्छ अग्रिम टिकट बुकिङ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
कहिले खुल्छ अग्रिम टिकट बुकिङ?

सारांश

  • काठमाडौं।
  • दशैं तिहारलगायत चाडपर्व नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ भने अझै कहिले खुल्ने टुंगो छैन।
  • अग्रिम टिकट खुलाउने विषयमा सरकारी निकाय र व्यवसायीबीच एकपटक छलफल भए पनि कुनै सहमति भने हुन सकेन।

काठमाडौं। दशैं तिहारलगायत चाडपर्व नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ भने अझै कहिले खुल्ने टुंगो छैन। अग्रिम टिकट खुलाउने विषयमा सरकारी निकाय र व्यवसायीबीच एकपटक छलफल भए पनि कुनै सहमति भने हुन सकेन।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरकारी निकाय र व्यवसायीबीच पहिलो चरणमा भएको छलफल बिना निष्कर्ष टुंगिएको हो। अग्रिम टिकट बुकिङ खोल्ने सन्दर्भमा सरोकारवाला निकाय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार पहिलो चरणको वार्ता भएको थियो।

मन्त्रालयको आहृवानमा भएको छलफलमा सडक सुरक्षा तथा सडक स्तरोन्नति, भाडा समायोजनलगायत विषयमा कुरा नमिल्दा अग्रिम टिकटबारे सहमति नभएको हो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार व्यवसायीहरूले सडक स्तरोन्नति र सुरक्षाका विषयमा कुरा उठाएका थिए। सडक सुरक्षा र स्तरोन्नति नभई यातायात चलाउनै नसकिने अवस्था रहेको उनले बताए। ‘गृह मन्त्रालयले जारी गरेको १२ बुँदे सडक सुरक्षासम्बन्धी व्यवस्था पहिला कार्यान्वयन गर्नुपर्‍यो। सडक दुर्घटना न्यूनीकरण गर्नेगरी सरकारले पहिला योजना पेस गर्नुपर्‍यो । हामी त अग्रिम टिकट बुकिङ खुल्ला गर्न तयार नै छौँ,’ उनले भने।

दशैँतिहार तथा छठ जस्ता महत्वपूर्ण चाडपर्वमा गाउँ जाने यात्रुहरूको सहजता र सुरक्षाका लागि यातायात व्यवसायीहरू पूर्ण रूपमा जिम्मेवार रहेको बताउँदै पहिला सरकारले सडक सञ्जाललाई सुरक्षित बनाउन लाग्नुपर्ने सिटौलाले बताए।

अनलाइन टिकटिङको सुविधाका लागि गृहकार्य भइरहेको उनको भनाइ थियो। ‘अग्रिम टिकट बुकिङ खुला गर्नु मात्रै ठूलो कुरा होइन। महत्वपूर्ण कुरा सडक सुरक्षा हो,’ उनले भने, ‘हामीले सरकारलाई यही भनेका छौँ । देशैभरका सडक सञ्जाललाई सुरक्षित र भरपर्दो बनाउनुपर्छ। अग्रिम टिकट बुकिङ खोल्ने सन्दर्भमा पुनः अर्को बैठकबाट टुंग्याउँछौँ।’

यस्तै, बैठकमा सरकारी निकाय र यातायात व्यवसायीले आ-आफ्ना भनाइ राखे पनि मिति तय भने नभएको यातायात व्यवस्था विभागले जनाएको छ। ‘सबै पक्षले आफ्नो विषय राख्नुभयो। तर, यही नै मितिबाट अग्रिम बुकिङ खोल्ने भन्ने मिति चाहिँ तय भएन,’ उनले भने, ‘पुनः अर्को बैठक राखेर यसबारे निर्णय लिइने कुरा भएको छ।’

बैठकमा यातायातमन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित घर पुर्‍याउने व्यवस्था मिलाउन निर्देशन दिए। सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रु सुविधामा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

चाडपर्वलाई दुर्घटनारहित बनाउन सडक मर्मतलाई मुख्य प्राथमिकतामा राखिएको उनको दाबी थियो। पानी पर्न कम भएकाले चाडबाडलाई लक्ष्य गरेर सडक मर्मतको काम थालिसकिएको सडक विभागले जनाएको छ।

निर्माणाधीन सडकमा सम्बन्धित निर्माण व्यवसायी र अन्यमा योजना र सडक डिभिजन कार्याललाई खाल्डाखुल्डीरहित सडक बनाउने गरी मर्मतको काम गर्न परिपत्र भइसकेको विभागको भनाइ छ। पहिरोको जोखिम रहेका सडकमा पहिरो पन्छाउन उपकरण र प्राविधिक तैनाथ राखिएको विभागको दाबी छ।

सरकारले असोज १० गतेदेखि अग्रिम टिकट खुलाउन प्रस्ताव गरेको छ। सरकारले १० गतेदेखि अग्रिम बुकिङ खुलाउन व्यवसायीहरूलाई प्रस्ताव गरेको हो। तर, व्यवसायीहरूले भने सडक सुरक्षालगायत विषयमा स्पष्ट नभई मिति मात्रै टुंग्याएर नहुने अडान राखेका थिए।

व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने, सडक मर्मत गर्नुपर्नेलगायत माग राखेपछि ठोस सहमति हुन नसकेको हो । केही यातायात व्यवसायीले भने अग्रिम बुकिङ खुलाइसकेका छन्। अरनिको यातायातले अग्रिम टिकट खुलाएको हो । तर, अहिले अनलाइन सुविधा भने छैन । काउण्टरमै पुगेर यात्रुले अग्रिम बुकिङ गरिरहेका छन्।

 

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    YukkLah

    Jangan gitu ya dek ya Ngocok Berdiri

    Comment Author

    mpo11

    mpo11 memberikan kenikmatan dan keseruan bermain menggunakan link slot gacor dengan bet kecil 100-200 perak.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै
एमबीबीएसः निःशुल्क भन्दै १५ लाख असुल्दै
प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने
प्रभु बैंकका ग्राहकले अव डिजे लावन्जमा विशेष छुट पाउने
प्रधानमन्त्री देउवाको सफल भारत भ्रमण
प्रधानमन्त्री देउवाको सफल भारत भ्रमण
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा
पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु
पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
राजतन्त्रको मुद्दा वैधानिक रूपमा परित्याग गर्दै पार्टी एकता गर्दै तीन राप्रपा !
राजतन्त्रको मुद्दा वैधानिक रूपमा परित्याग गर्दै पार्टी एकता गर्दै तीन राप्रपा !
दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने
दशैंका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुल्ने
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”
लालबाबु पण्डितले सोधे, “जनकपुरमा नेपालको झण्डा बिगार्ने को हो ?”

तपाईंले छुटाउनुभयो कि?