राजतन्त्रको मुद्दा वैधानिक रूपमा परित्याग गर्दै पार्टी एकता गर्दै तीन राप्रपा !
सारांश
- काठमाडाै, १५ जेठ ।
- पूर्वपञ्चहरूले नेतृत्व गरेको तीन राप्रपाबीच नेपाल कम्युनिस्ट पार्टीकै मोडलअनुसार पार्टी एकता हुने निश्चित भएको छ ।
- एमाले र माओवादीबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाअनुसार तीन राप्रपाबीच पार्टी एकीकरणको अन्तिम गृहकार्य अघि बढेको हो ।
काठमाडाै, १५ जेठ । पूर्वपञ्चहरूले नेतृत्व गरेको तीन राप्रपाबीच नेपाल कम्युनिस्ट पार्टीकै मोडलअनुसार पार्टी एकता हुने निश्चित भएको छ ।
एमाले र माओवादीबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टीको सांगठनिक संरचनाअनुसार तीन राप्रपाबीच पार्टी एकीकरणको अन्तिम गृहकार्य अघि बढेको हो ।
स्रोतका अनुसार कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)बीच राजनीतिक–वैचारिक र सांगठनिक विषयमा सहमति भइसकेको छ । तीनै दलका अध्यक्षले गठन गरेका मस्यौदा कमिटीले लामो गृहकार्य गरी बिफ्रिङ गरेपछि आइतबार मात्रै पार्टी एकीकरण गर्ने निष्कर्षसहित थप काम अघि बढाइएको छ ।
थापा, राणा र लोहनीले पार्टी एकताको गृहकार्य गर्न आठ सदस्यीय मस्यौदा कमिटी गठन गरेका थिए । एकताका लागि दस्ताबेज मस्यौदा कमिटीमा दीपक बोहोरा, सुनिलबहादुर थापा, राजेन्द्र लिङ्गदेन, राजीव पराजुली, ठाकुरप्रसाद शर्मा, किरण गिरी, सुशील श्रेष्ठ र भुवन पाठक छन् साैर्य दैनिकमा खबर छ । सोही कमिटीले लामो गृहकार्य गरी अध्यक्षत्रयको सहमतिमा नेतृत्व, केन्द्रीय कमिटी, सचिवालय र उच्चस्तरीय कार्यसम्पादन समितिको टुंगो लगाएको छ ।
आइतबारको बैठकमा भएको सहमतिअनुसार एकीकरणपछि पार्टीको नाम राप्रपा वा नेपाल जनता पार्टीमध्ये एक रहनेछ । यस्तै, तीनैजना अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष रहने सहमति भएको छ । ‘एमाले र माओवादी केन्द्रले पार्टी एकतामा अवलम्बन गरेको मोडलमा सहमति भयो, तीनवटै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष रहने सहमति भएको छ, अन्य विषयमा पनि लगभग सहमति नजिक छ,’ राप्रपाका एक नेताले भने ।
उनका अनुसार एमाले९माओवादी एकतापछि तीनवटै पार्टीभित्र अब ढिला गर्न नहुने भन्दै नेता–कार्यकर्ताले दबाब बढाएपछि सहमति जुटाउन सहज बनेको थियो । तीनजना अध्यक्ष रहने र सामूहिक नेतृत्व अवलम्बन गर्ने सहमति पनि तीनै अध्यक्षबीच भइसकेको छ ।
स्रोतका अनुसार पार्टी एकता प्रक्रिया धेरै अघि बढे पनि तीनै पार्टीका नेता आफू अध्यक्ष हुने अडानमा रहँदा प्रक्रियामा केही अवरोध आएको थियो । एमाले माओवादी एकतापछि त्यही मोडलमा एकीकरण गर्ने निर्णयसहित तीन अध्यक्षमा सहमति भएको मस्यौदा समितिका एक सदस्यको भनाइ छ ।
‘नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहन सक्छन् भने हाम्रोमा तीन अध्यक्ष किन नहुने भन्ने बहस भयो, अन्तिममा सामूहिक नेतृत्वमा जाने गरी तीनजना अध्यक्ष रहने निर्णयसहित एकता प्रक्रिया अन्तिम मोडतिर पुगेको छ,’ स्रोतले भन्यो ।
एकता गृहकार्यमा लागेका नेताहरूका अनुसार पार्टी एकतापछि तीन अध्यक्षसहित ५ सय १ सदस्यीय केन्द्रीय कार्यसमिति रहने सहमति भएको छ । यस्तै, २१ सदस्यीय सचिवालय र ५१ सदस्यीय उच्चस्तरीय कार्यसम्पादन समिति रहनेछ ।
अध्यक्षत्रय थापा, राणा र लोहनीसहितका नेताहरूबीच भएको यो सहमतिलाई दस्ताबेजीकरण गर्ने काम मस्यौदा कमिटीलाई दिइएको छ । सो कमिटीले नेतात्रयबीचको सहमतिलाई दस्ताबेजको रूपमा मस्यौदा निर्माणको काम अघि बढाएको छ । कार्यदलले सबै सहमतिको दस्ताबेज अन्तिम चरणमा पु¥याएको छ, अब ढिलोमा असार मसान्तसम्ममा कुनै पनि दिन पार्टी एकता घोषणा हुने अवस्थामा पुगेको छ,’ ती नेताले भने ।
एकतापछि पूर्वपञ्चहरूले राजतन्त्रको मुद्दालाई विधिवत् रूपमा त्याग्ने भएका छन् । नेपालमा अब कुनै पनि प्रकारको राजतन्त्र आवश्यक नरहेको निष्कर्षमा पुगेका तीनवटै राप्रपाले राजतन्त्रको मुद्दा छाडेर संविधानअनुसारको बाटो अवलम्बन गर्ने नीतिलाई एकीकृत पार्टीको विधानमा समावेश गरेका हुन् ।
राजतन्त्र छाडेकै कारण पछिल्लो समयमा राप्रपा अध्यक्ष कमल थापाले एकता प्रक्रियाबाट बुद्धिमान तामाङलाई आउट गरेका थिए । एकता भाँड्न लागेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग हिमचिम बढाएको भन्दै थापा तामाङसँग सशंकित बनेका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले फालेको पासोमा परी तीन राप्रपाबीचको एकता लगभग भाँडिने अवस्थामा पुगेकै वेला एमाले र माओवादीले दुई अध्यक्षसहित नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि पूर्वपञ्चहरूलाई सहज बनेको थियो ।
‘एकतामा पद बाधक हुँदोरहेनछ भन्ने यथार्थबोध एमाले९माओवादी एकताले गरायो, त्यो एकता हाम्रो लागि सञ्जीवनी बुटी साबित बन्यो,’ मस्यौदा समितिका अर्का सदस्यले भने ।
Krishna Paudel
Hatti aayo hatti aayo fussa!!!!!Jamal thapa din6n feri ghussa!!!!
राज कुमार श्रेस्ठ
वाइघात को समाचार हो
Nabaraj Karki
Jpt na halamna k
Krishna Ram Basnet
तेत्त ! कमल थापालाई फेरि मन्त्री चाहियो, मन्त्री नहुन्जेल पाटिको एजेन्डा र एकता ।मन्त्री भएपछी पैसा मात्र चुपचाप ।
Ganeshhimal Mamba
adhyaksha 1 matra hunu patchha
Shiva Kumar Thapa
घैंटामा घाम लागेछ कि क्याहाे।
Sanjit Kunwar
ल लाेहनि बुढालाई सफलताकाे शुभकामना
Pharshuram Kandel
Kate denli ho yo
Thapa Yogesh
नाटक
Bijendra Kumar Rai
Balla purba panchako ghaitoma ghaam lagechha.
Sher Bdr Moktan
Yiniharu kati futna ra jutna sakeka sala mandale haru
Tiwari Lokram
Galat news
Narayan Kandel
Katichoti yakta garxau lajmardo
Meera Heju
यी कतिपटक फुट्ने हुन कति पटक जुटने हुन ? यिन्लाइ नै थाहा नहोला ।
Gyan Adhikari
Yi kam na kajka baulaha haru.yin lai kasle dela vote.
Subba Santosh
लाज नहुनेहरु आजा एकता भोलि नै टुटने फुटने बानि छ सब स्वार्थको लागि हुने हो।
Shamser Katuwal
Aruko copy gardai hidne thueka mula ho
Pancha Syangtan Lama
कासी गए हुन्छ नेपालमा काम छैन तिमी हरुको
Kumar Shrestha
Balla ghaitoma gham lagecha itniharu ko…….
Chek Man Waiba
Balla xodexa mareko murda bokera hidne kam
Sanjeev Shrestha
Dharti ko bojhharu
Kalyan Bista
खरायो महिनैपिच्छे ब्याउछ भन्थे यो पाती पनि तेस्तै हो पहिला समायोजन के भनेर जुतेको थियो कति समयमा के भनेर अलग अलग भयो चेतना भया
Bomjan Bomjan
3 Jana mahaa pagal
यादब राजगुरु सल्यानि
सत्ता भत्ता भय पूग्ने सोसक सामन्ती को पार्टीहरु कस्ले पत्याऊछ हारुवाहरु अब बिस्थापित हून्छन्