कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू

सारांश

  • सुर्खेत, २४ जेठ ।
  • कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहिबार बाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ ।
  • कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरेका थिए।

सुर्खेत, २४ जेठ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहिबार बाट हेलो मुख्यमन्त्री हटलाइन सेवा शुभारम्भ गरेको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिका कालीकोटका प्रेम सार्की र रुकुम पश्चिम मुसिकोट नगरपालिकका दीपक बाँठा मगरका प्रतिक्रिया लिएर हटलाइन सेवाको उद्घाटन गरेका थिए।

हेलो कार्यक्रममा सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग राखेका थिए भने बाँठामगरले त्रिभुवन जनता माविको भवन निर्माण र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा गुनासो राखेका थिए।

मुख्यमन्त्री शाहीले दुवैजनाले उठाएको समस्या समाधानका लागि सूचीबद्ध गर्नुका साथै सम्बन्धित निकायलाई समाधानका लागि निर्देशन गर्ने बताए ।

जनताका समस्या मुख्यमन्त्रीले प्रत्यक्ष सुनेर तिनको सहज सम्बोधन भएको जनतालाई प्रत्याभूति गराउने उद्देश्यले हटलाइन सेवा शुभारम्भ गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिएका छन ।

हटलाइन सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भने “समग्र योजना विकास निर्माण नेतृत्वले मात्र गर्दा मनोगत हुन्छ, जनताको समस्या समाधानसहितको वस्तुगत योजना विकासमा सहयोग पुगोस् भनेर हटलाइन सेवा शुरु गरिएको हो ।”

शाहीले मुख्यमन्त्री हटलाइन सेवा (१०९६) सँगै कर्णाली प्रदेश सरकारको आधिकारिक वेबसाइट www.karnali.gov.np को उद्घाटन गरेका थिए । वेबसाइटले प्रदेश सरकारद्वारा भए गरेका गतिविधि जनतालाई सजिलै सूचित गर्ने शाहीकाे भनाइ थियाे ।

डिजिटल प्रदेश निर्माण गर्ने अवधारणा लिएको यो प्रदेश सरकारको वेबसाइट निर्माण तथा विकासले विस्तारै यहाँका सरकारी कार्यालयका सबै कामकाज प्रविधिबाटै गर्न सघाउ पुग्ने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव
राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव
मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान
दादुरा रुबेला नियन्त्रणका लागि जनचेतना अभियान
आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !
आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !
युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधि
युरोकप फुटबलः स्पेनलाई चौथो पटक उपाधि
मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा
मानव बस्ती प्रदूषित बनाउने इँट्टा उद्योगको विवाद अदालतमा
एक महिनासम्म मतपेटिकाको सुरक्षा कसले गर्छ?:ओली
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
राजेन्द्र महतो र महन्थ ठाकुर काे ‘भनाभन हुँदा राष्ट्रिय जनता पार्टी काे महाधिवेशन अन्योलमा 
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
पार्टी एकता टुक्रिने विषयमा प्रम ओलीले भने ”दुई शेर एउटै जंगलमा मिलेर बसेका छौँ”
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी