पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
३६ पटक हेरिएको
Shares
पूर्वसचिव कार्कीकी श्रीमतीको मृत्यु

सारांश

  • काठमाडौं।
  • आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अस्पतालमा मृत्यु भएको छ।
  •  सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।

काठमाडौं। आफ्नै निवासमा गम्भीर घाइते भएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको अस्पतालमा मृत्यु भएको छ। सानेपास्थित निवासमा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि स्टार अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोमबार नै कार्कीको घरमा काम गर्ने विशेष चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रवक्ता एसपी दुर्गा सिंहले जानकारी दिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?