राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२४ पटक हेरिएको
Shares
राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिकः अध्यक्ष थापा

सारांश

  • पोखरा, २५ साउन ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।
  • राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।

पोखरा, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । राप्रपा गण्डकी प्रदेश कार्यालयको आज पोखरामा शुभारम्भ गर्दै उनले आम नागरिक हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रका पक्षमा रहेको बताए ।

राप्रपा नेपालको राजनीतिमा फरक विचार र अलग पहिचान बोकेको पार्टी भएको बताउँदै उनले पार्टीले राष्ट्रियता, प्रजातन्त्र, हिन्दूराष्ट्र र उदार अर्थनीति अघि सारेको उल्लेख गरे ।
पार्टीको केन्द्रीय कार्य समितिले देशैभरि हिन्दूराष्ट्र पुनःस्थापना जागरण अभियान शुरु गरेको र त्यो अभियान प्रत्येक घरदैलोमा पु¥याएर जनताको मन जित्नुपर्नेमा उनको जोड छ । गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष हेमजंग गुरुङले प्रदेश कमिटीलाई सशक्त बनाउँदै प्रत्येक स्थानीय तह र टोलटोलमा हिन्दूराष्ट्र जागरण अभियान सञ्चालनमा ल्याइने बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tanka Giri

    १/२ सय जनालाइ ज्ञानेन्द्रको आवस्यक परेर केही फरक पर्दैन जब ३ करोड नेपाली जनतालाइ राजाको आवस्यक छैन भने

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?