धरानमा हर्क साम्पाङलाई अदालतकाे झड्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
धरानमा हर्क साम्पाङलाई अदालतकाे झड्का

सारांश

  • काठमाडौं।
  • धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ।
  • मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदा वडाध्यक्षलाई कार्यवाहक दिएको विश्वमा उच्च अदाल विराटनगरले सो कार्यवाहकको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो।

काठमाडौं। धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ।

मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदा वडाध्यक्षलाई कार्यवाहक दिएको विश्वमा उच्च अदाल विराटनगरले सो कार्यवाहकको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। आइतबार उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटमा न्यायाधीश ध्रूबराज नन्दको इजालसले साम्पाङको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

आदेशमा भनिएको छ- ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४को क को १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।’

मेयर साम्पाङले आफू बेलायत जानुअघि उपमेयर हुँदाहुँदै नाताले मामा ससुरा पर्ने ११ नम्बरका वडा अध्यक्ष लोकेन्द्र फागोलाई कार्यबाहक मेयरको जिम्मेवारी दिएको विषय विवादित बनेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?