सोमबार त्रिविको ४४ औँ दीक्षान्त समारोह
सारांश
- त्रिभुवन विश्वविद्यालयको सोमबार ५६ औँ ग्रेस लिष्टको ४४ औ दीक्षान्त समारोह हुने भएको छ ।
- ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको खेलकुद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोहका मूल समिति सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी दिए ।
- समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्रिभुवन विश्वविद्यालयको सोमबार ५६ औँ ग्रेस लिष्टको ४४ औ दीक्षान्त समारोह हुने भएको छ । ललितपुरको पुल्चोक इञ्जिनियरिङ क्याम्पसको खेलकुद मैदानमा हुने समारोहको तयारी पूरा भएको समारोहका मूल समिति सदस्य–सचिव विष्णुप्रसाद वाग्लेले जानकारी दिए । समारोहमा प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिविका सहकुलपति
गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समारोहमा भाग लिन जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँ दिल्ली, भारतको स्कूल अफ इन्टरनेशनल स्टडिजअन्तर्गतका साउथ एसिएन इकोनोमिस्कका प्राध्यापक महेन्द्र पि लामा नेपाल आउने भएका छन् । समारोहमा २०७४ सालको जेठ १८ गतेदेखि २०७५ जेठ ३१ गतेसम्म ’ट्रान्सक्रिप्ट’ लिएका ७४ हजार २८२ जना विद्यार्थीमध्ये नौ
हजार ५०४ जना विद्यार्थी दीक्षित हुँदैछन् । समारोहमामा ६ हजार ३०९ जना अभिभावक सहभागी हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक पशुुपति अधिकारीले बताए । समारोहमा विभिन्न सङ्कायमा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई त्रिवि प्राध्यापक सङ्घ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक, इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक, चान्सलर पदक, त्रिवि प्राध्यापक सङ्घ स्वर्ण पदक लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।
यो पनि पढ्नुस्
नेकपाका दुई अध्यक्षबीच रस्साकस्सी, राजनीतिक प्रतिवेदनमै विवाद
नेपाल कम्युनिष्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको विषयलाई लिएर अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच रस्साकस्सी सुरु भएको छ । पार्टी एकतापछि गठन भएको राजनीतिक प्रतिवेदन कार्यदलले बुझाएको प्रतिवेदन अझै प्रकाशित हुनसकेको छैन । प्रकाशन गर्ने अन्तिम तयारी पुगेको अवस्थामा पुनःसमावेश गर्ने विषयमा कुरो नमिलेपछि विवाद सुरु भएको हो ।
उक्त प्रतिवेदनमा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलिय जनवाद समावेश गर्नुपर्ने प्रस्ताव दोहो¥याएपछि अवस्था पहिलेकै बाटोमा फर्केको छ । एकीकरणको काममा जुटनपर्ने अध्यक्षद्धय पुनः राजनीतिक प्रतिवेदनमै केन्द्रीत हुनपरेको छ ।
उक्त प्रतिवेदन सम्पादन गर्ने जिम्मेवारी सचिवालय बैठकले अध्यक्षद्धयलाई दिएको थियो । पार्टी एकतापूर्व नै दुई अध्यक्षबीच पार्टीको कार्य्िदशाबारे सहमति भइसकेको थियो । तर सचिवालय बैठकमा नै राजनीतिक प्रतिवेदन संशोधन गर्नुपर्ने माग उठेपछि केन्द्रीय सदस्यहरुको कार्य विभाजनको एजेण्डा नै छायाँमा परेको छ ।
प्रतिक्रिया