आगाको भुंग्रोमा रास्वपा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०८१
|
|
४० पटक हेरिएको
Shares
आगाको भुंग्रोमा रास्वपा

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला घर न घाटको पार्टी हुने अवस्थामा पुगेको छ।
  • जसको महत्वाकांक्षामा पार्टी खडा भएको थियो उनी नै राजनीतिमा टिक्ने वा नटिक्ने भन्ने टुंगो नलागेको अवस्थामा रास्वपा आगोको भुङ्ग्रोमा परेको शंका गरिएको हो।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला घर न घाटको पार्टी हुने अवस्थामा पुगेको छ। जसको महत्वाकांक्षामा पार्टी खडा भएको थियो उनी नै राजनीतिमा टिक्ने वा नटिक्ने भन्ने टुंगो नलागेको अवस्थामा रास्वपा आगोको भुङ्ग्रोमा परेको शंका गरिएको हो।

रास्वपाका सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीको हिरासतमा रहेका छन्। उनी कार्तिक २ गते पक्राउ परेका थिए। एक महिना उनी प्रहरीकै हिरासतमा बसिसकेका छन्। उनले आफू दोषमुक्त नहुन्जेल कसैलाई कार्यबाहक दिन खोजिरहेका छैनन्।

सभापति नै जेलमा रहेपछि पार्टी कसरी चलिरहेको होला त? तर केही वरिष्ठ नेताहरु नै रास्वपालाई रविको निजी कम्पनी भएको प्रमाणित गर्दै आफूहरु रक्षक भएको बताउन थालेका छन्।

नभन्दै रविलाई निष्पक्ष छानबिन गरेर न्याय दिन अदालतलाई अनुरोध गर्नुको सट्टा सरकारको प्रतिशोधमा पक्राउ गरेको भनेर आरोपलाई ढाकछोप गर्दै नेताहरु तत्काल रिहा गर्न दबाब दिइरहेका छन्।

रास्वपाले रवि कुनै हालतमा दोषी नभएको भन्दै प्रतिशोधका कारण पक्राउ परेको भन्दै रिहा नभएसम्म आन्दोलन सशक्त पार्ने निष्कर्ष निकालेको छ। रास्वपाले रविलाई छानबिन सकिएर दोषमुक्त भएपछि पुनः सभापतिको पद सम्हाल्ने गरी कसैले पनि कार्यबाहक सम्हाल्ने आँट गर्न सकेको छैन।

यसका उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले रवि लामिछाने ज्युँदारहेसम्म रास्वपाको सभापति रहने बताएर रास्वपालाई रविको निजी कम्पनी जस्तो बनाइदिएका छन्। अर्यालले तत्काल कसलै पनि कार्यवहाक नपाउने बताए।

उनले भने, ‘रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो। यसमा कार्यबाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो।’ पार्टीमा डीपीसँगै स्वर्णिम वाग्ले उपसभापति छन्।

रास्वपाको विधानमै सभापतिले तोकेका वा ज्येष्ठ उपसभापति मध्यबाट कार्यबाहक तोक्ने विधानमा व्यवस्था भए पनि अहिलेसम्म पार्टीले कसैलाई कार्यबाहक दिएको छैन। त्यतिमात्र होइन रविलेसमेत कसैलाई कार्यबाहक दिने आँट गरेका छैनन्।

हुनत केन्द्रीय समिति बैठकको अध्यक्षता डीपील नै गरे। तर उनले चाकडी गरिसकेका छन् कि ज्युँदो छन्जेल सभापति रवि नै हो। रवि जेल पर्दा सहकारी सहितका विभिन्न प्रकरणमा आफूहरु पनि तानिने चिन्तामा रास्वपाका नेताहरु रहेको चर्चा पनि छ।

जो सहकारीमा प्रत्यक्ष परोक्ष मुछिएका छन् उनीहरुले रविलाई मुक्त गर्न पाए सबै चोखिने सोचमा छन्। दोस्रो धारको आवाज बलियो बन्दै रास्वपाभित्र दोस्रो धार पनि सक्रिय हुँदै गएको छ। उनीहरुले रविलाई हटाएर अरु कसैले कार्यबाहक लिनुपर्ने भनिरहेका छन्।

रवि दोषी भए पनि पार्टी भने निरन्तर चल्नुपर्नेमा उनीहरुको जोड छ। यस्तो जोड दिनेहरुको नेतृत्व स्वर्णिम वाग्लेले गरिरहेका छन्। उनी आफूले कार्यबाहक पाउनुपर्नेमा लागको पाइएको छ। केही नेताहरुले उनलाई समर्थनसमेत गरेका छन्। वाग्लेले आन्तरिक रुपल यसलाई लबिङ गरिरहेको समेत पाइएको छ।

त्यसो त उनी नेपाली कांग्रेसबाट फाइदा लुट्नुसम्म लुटेर रास्वपामा गएका हुन्। नभन्दै उनलाई कांग्रेस मतदातालेसमेत भोट हालेर रास्वपाको सांसद पद पड्काइहाले। अनि पार्टीको उपसभापति पनि भइहाले। अब उनको इच्छा यहीबेलामा पार्टीको नेतृत्व नै सम्हालौँ भन्ने रहेको छ।

हुनत रास्वपा ‘सटकट’ बाटो राजनीतिमा आउनेहरुका लागि खुलेको पार्टी हो। त्यही भएर पनि होला वाग्लेले सटकट बाटोबाटै सभापति हत्याउने योजना बुनिरहेका छन्। भारतकै गुलामी गर्ने बन्ला त रास्वपा? यदि स्वर्णिम पार्टीको कार्यबाहक सभापति भए भने रास्वपा भारतको गुलाम हुनेमा दुईमत नहोला।

किनकि स्वर्णिम तिनै नेता हुन् जसले नेपाल भारतको छाता मुनि बस्नुपर्छ भनेर राष्ट्रियता बेच्न तम्सिएका थिए। उनले देश नै भारतको निहितमा रहेर चल्नुपर्छ भन्ने नेता भएपछि रास्वपा त भँडखालोमा जान्छ नै देशकासमेत गद्दारहरु उत्पादन गर्ने पार्टी नबन्ला भन्न सकिन्न।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
गैँडाको आक्रमणबाट वृद्धको मृत्यु
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
सत्ता सहकर्मी सबै दलको मन्त्रिमण्डलमा प्रतिनिधित्व हुन्छ : मुख्यमन्त्री कार्की
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने
सिंगटी हाइड्रोको आईपीओमा फागुन ३ सम्म आवेदन दिन सकिने
हेर्नुस् यी ५ वटा बिमानस्थलमा काम हुँदै
हेर्नुस् यी ५ वटा बिमानस्थलमा काम हुँदै
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त
उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त

तपाईंले छुटाउनुभयो कि?