वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले झिकायो फाइल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले झिकायो फाइल

सारांश

  • काठमाडौं, ७ भदौ ।
  • नेपाल एअरलाइन्सले खरिद गरेका “वाइडबडी” जहाज खरिद प्रकरणमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको छ ।
  • वाइडबढी जहाज खरिद गर्दा बिचौलियासँगको मिलेमतोमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो ।

काठमाडौं, ७ भदौ । नेपाल एअरलाइन्सले खरिद गरेका “वाइडबडी” जहाज खरिद प्रकरणमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र नेपाल वायु सेवा निगमबाट खरिदसम्बन्धी फाइल झिकाएको छ । वाइडबढी जहाज खरिद गर्दा बिचौलियासँगको मिलेमतोमा एकलौटी सम्झौता गरिएको प्रश्न उठेपछि अख्तियारले आवश्यक कागजात र फाइल झिकाएको हो ।

निगमको आर्थिक विनियमावली, २०६५ अनुसार निर्माता कम्पनीसँग मात्र नयाँ विमान खरिद गर्न सकिने उल्लेख भएको तर त्यसविपरीत एक हजार घण्टा उडेको भन्दै पुरानो विमान खरिद गर्ने प्रक्रिया अपनाएको बिषयमा प्रश्न उठेको छ । व्यापकरुपमा वाइडबडी जहाज खरिद प्रकरणको विषयमा औंला उठेपछि अख्तियारले छानबिनका लागि फाइल झिकाएको हो ।

दुईवटा “वाइडबडी” जहाजको बिक्रीपश्चात मर्मत सेवा तथा पार्टपूर्जा आपूर्तिमा हुनसक्ने उपलब्धि, तालिम, प्राविधिक सहयोग र वारेन्टी जस्ता पक्षलाई ध्यान नदिई बिचौलिया आपूर्तिकर्तामार्फत एयरबस कम्पनीका विमान खरिद गर्ने कार्य शंकास्पद देखिएको समाचार प्रकाशित भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार जहाज खरिद प्रकरणमा आवश्यक छानबिनका लागि सम्बन्धित निकायबाट खरिदसम्बन्धी कागजात र फाइल झिकाउन परिपत्र गरिएको छ । उनले पहिलो चरणमा पत्र पठाएर कागजात झिकाएको र सबै कागजात आएपछि बाँकी छानबिन अगाडि बढाएर सत्यतथ्य बाहिर ल्याउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विनिमयदर
यस्तो छ आजको विनिमयदर
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
मिटर ब्याजको कारोबारलाई गैरकानूनी घोषणा गर्न माग
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री  महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
चुनाव जित्न दमन नाथजीको विरोध गर्न आवश्यक छैन -पूर्व मन्त्री महेश बस्नेत (भिडियो अन्तर्वाता सहित्)
काठमाडौँ १० मा कांग्रेसका राजन केसी अग्रस्थानमा
काठमाडौँ १० मा कांग्रेसका राजन केसी अग्रस्थानमा
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
ब्यूँतिएला गोरखकाली रबर उद्योग ?
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
निर्मला हत्याकाण्डको प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षको चासो
काठमाडौंमा ३० हजार विरुवा रोपिने
काठमाडौंमा ३० हजार विरुवा रोपिने
शिवराजको न्यायिक समिति वाट ३५ वटा मुद्धा फैसला
शिवराजको न्यायिक समिति वाट ३५ वटा मुद्धा फैसला
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड

तपाईंले छुटाउनुभयो कि?