मनोहरा करिडोर तत्काल सञ्चालनमा आउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
मनोहरा करिडोर तत्काल सञ्चालनमा आउने

सारांश

  • काठमाडौँ २३,माघ।
  • काठमाडौँ तथा भक्तपुर जिल्लाको संगम स्थल मनोहरा नदीमा निर्माणाधिन करिडोरकोकाम ले अब तिव्रता पाउने भएको छ ।
  • आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा गएको टोलीले त्यहाँ भईरहेको  कामको प्रगति, उपलब्धी, समस्या लगायतका बारेमा छलफल तथा स्थलगत निरिक्षण पश्चात समस्यालाई समाधान गर्दै करिडोर निर्माण कार्य तिव्र गतिमा अघि बढाउने निर्देशन दिएको छ।

काठमाडौँ २३,माघ। काठमाडौँ तथा भक्तपुर जिल्लाको संगम स्थल मनोहरा नदीमा निर्माणाधिन करिडोरकोकाम ले अब तिव्रता पाउने भएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा गएको टोलीले त्यहाँ भईरहेको  कामको प्रगति, उपलब्धी, समस्या लगायतका बारेमा छलफल तथा स्थलगत निरिक्षण पश्चात समस्यालाई समाधान गर्दै करिडोर निर्माण कार्य तिव्र गतिमा अघि बढाउने निर्देशन दिएको छ

जडिबुटीको मनोहरा पुलदेखि पेप्सीकोलाको पुलसम्मको करिडोर आयोजना आगामी चार महिनाभित्रमा सम्पन्न गराई यातायात सञ्चालनमा ल्याईने भएको छ । उक्त करिडोरमा यातायात सञ्चालन भए पश्चात कोटेश्वरको जामको स्थायी समस्या समाधान भएसँगै उपत्यकावासीहरुले जामको समस्या बाट छुटकारा पाउने भएका छन् ।

सुकुम्वासीको समस्या,घर टहरा, जग्गा धनी जग्गा दलाली, को कारणले केही ढिलाई भईरहेको कामले समस्यालाई समाधान गर्दै करिडोर निर्माण कार्य तिव्र गतिमा अघि बढाउने निर्णयमा पुगेको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?