सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
सारांश
- अस्बिन खड्का १४ जेठ- शसस्त्र प्रहरी बल त्रियुगा गुल्म उदयपुरको बोक्से ब्यारेकमा कार्यरत एक सहायक हवल्दार झुण्डिएको अवस्थामा फेला परेका छन्।
- गुल्ममा कार्यरत त्रियुगा नगरपालिका– ७ बस्ने बर्ष ३५ को नवराज अधिकारी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
- गुल्मको एक नम्बर ब्यारेक नजिक रहेको खाली डिउटी पोष्टमा झुण्डिएर मृत अवस्थामा फेला परेका थिए ।
अस्बिन खड्का १४ जेठ- शसस्त्र प्रहरी बल त्रियुगा गुल्म उदयपुरको बोक्से ब्यारेकमा कार्यरत एक सहायक हवल्दार झुण्डिएको अवस्थामा फेला परेका छन्।
गुल्ममा कार्यरत त्रियुगा नगरपालिका– ७ बस्ने बर्ष ३५ को नवराज अधिकारी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । गुल्मको एक नम्बर ब्यारेक नजिक रहेको खाली डिउटी पोष्टमा झुण्डिएर मृत अवस्थामा फेला परेका थिए । उनको नजिकै एउटा सुसाइट नोट समेत फेला परेको छ ।

त्रियुगा गुल्ममा निमित्त प्रमुख प्रहरी निरीक्षक प्रेमकुमार राईका अनुसार अधिकारीले आत्महत्या गरेको ठाँउमा एक सुसाईट पत्रसमेत फेला परेको छ । सुसाइट नोटमा आफू मरेको कसैलाई थाहा नदिन भनेका छन् ।
उनले मर्नेु अघि पत्र लेखेको प्रहरीले अनुमान गरेको छ । पत्रमा ‘धेरै एपीएफ अर्थात शसस्त्र प्रहरीमा हल्ला नगर्नु होला । कृपया मलाई फेसबुकमा नलगाई दिनुहोला । सवप्रथम मेरी धर्मपत्नीलाई सुरक्षित गरेर मात्र थाहा दिनुहोला । मेरो नाबालक छोराछारीलाई पाउने रकम सहयोग गरिदिनुहोला’ भनेर लेखेका छन् ।
उनले आफुलाई पत्रमा ‘उही पापी म’ भनेका छन् । उनको शरीरमा निलडाम समेत रहेको र अहिलेसम्म उनको मृत्यु हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Abbot Nepal
I think someone force him to suicide. Because he has beaten sign.
Tika Aryal
rip
रमेश खड्का
हत्या लाई आत्महत्या भनेर के गर्न खोजिएको होला