दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३०, २०८१
|
|
३५ पटक हेरिएको
Shares
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’

सारांश

  • दाङ।
  • दाङको तुलसीपुरमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले राजा आउ देश बचाउको नारा लगाएका छन्।
  • दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा दर्शनका लागि जाने क्रममा तुलसीपुरमा आइपुगेका पूर्व राजा ज्ञानेन्द्रलाई तुलसीपुरमा स्वागत गर्दै उनीहरूले देशमा राजाको विकल्प नभएको भन्दै यस्तो नारा लगाएका हुन् ।

दाङ। दाङको तुलसीपुरमा पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकले राजा आउ देश बचाउको नारा लगाएका छन्। दाङको पाण्डवेश्वर मन्दिर धारापानीमा दर्शनका लागि जाने क्रममा तुलसीपुरमा आइपुगेका पूर्व राजा ज्ञानेन्द्रलाई तुलसीपुरमा स्वागत गर्दै उनीहरूले देशमा राजाको विकल्प नभएको भन्दै यस्तो नारा लगाएका हुन् ।

पूर्व राजा ज्ञानेन्द्रलाई हेर्नका लागि सयौँको सङ्ख्यामा नागरिकहरूको उपस्थिति रहेको थियो। राजा ज्ञानेन्द्रले तुलसीपुरमा रहेको पूर्व राजा वीरेन्द्रको अर्धकदको सालिकमा माल्यार्पण समेत गरेका थिए ।

‘सयौंको सङ्ख्यामा नागरिकहरूको उपस्थिति थियो। राजालाई हेर्न र स्वागत गर्न राजावादी मात्रै थिएनन्। स्वतःस्फूर्त रुपमा नागरिकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। झनपछि झन नागरिकको उपस्थिति बढ्नुमा राजनीतिक दलप्रतिको वितृष्णा पनि हो ’ पत्रकार शरद रेग्मीले भने।

नागरिकको उल्लेख्य सहभागिता बढेपछि भिड थाप्न प्रहरीलाई हम्मेहम्मे भएको थियो। तुलसीपुर प्रहरीका अनुसार राजालाई हेर्न करिब ३ हजार बढी नागरिक उपस्थिति रहेको थियो। पूर्व राजा ज्ञानेन्द्र धारापानीको मन्दिर दर्शनपछि आजै नेपालगन्ज फर्किने कार्य तालिका रहेको दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सेनाले जानकारी दिए । राजालाई ठाउँ ठाउँमा भेटघाट र स्वागतको व्यवस्थापन स्वतन्त्र नागरिक समाजले गरेको बुझिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप
डा.गोविन्द केसी आजदेखि फेरि अनसनमा बस्ने
डा.गोविन्द केसी आजदेखि फेरि अनसनमा बस्ने
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै
बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैद !
बलात्कार प्रकरणका आरोपीलाई सर्वस्वसहित जन्म कैद !
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए
ओलीलाई अचानक यो के भयो ? एकाएक सबैलाई रुवाए
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
ओली र प्रचण्डको निर्देशन पर्खदैं पार्टी एकता कार्यदल, के के हुँदैछ ?
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना  !
सास फेर्न गाह्रो भयपछी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ओम अस्पतालमा भर्ना !
भित्री शहरका धेरै भूकम्पपीडित घर बनाउन असमर्थ
भित्री शहरका धेरै भूकम्पपीडित घर बनाउन असमर्थ
निर्वाचनपछिको दायित्व विकास निर्माण: नेता खनाल
निर्वाचनपछिको दायित्व विकास निर्माण: नेता खनाल

तपाईंले छुटाउनुभयो कि?