क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
क्यानडा जान रोकिएका उपकुलपति प्राडा कोइरालामाथि आरोपहरु थपिँदै

सारांश

  • काठमाडौं, २८ असार ।
  • नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालामाथि लागेको अनियमितताको आरोपमा सरकारले छानविन शुरु गरेको बताएको छ ।
  • उनीमाथि रजिस्ट्रारलाई कुटपिट गरेको, १३ आंगिक क्याम्पसमा प्राचार्य नियुक्ति ऐनविपरीत गरेको र काठमाडौंमा बसेर घरमै विश्वविद्यालय चलाएको लगायतका अभियोग पनि थपिएका छन् ।

काठमाडौं, २८ असार । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोइरालामाथि लागेको अनियमितताको आरोपमा सरकारले छानविन शुरु गरेको बताएको छ । उनीमाथि रजिस्ट्रारलाई कुटपिट गरेको, १३ आंगिक क्याम्पसमा प्राचार्य नियुक्ति ऐनविपरीत गरेको र काठमाडौंमा बसेर घरमै विश्वविद्यालय चलाएको लगायतका अभियोग पनि थपिएका छन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङको बेलझुण्डीमा भए तापनि कोइराला काठमाडौंमै बस्दै आएका छन् । उनी कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्वअध्यक्ष भएकाले पार्टी काममा बढी सक्रिय हुँदा विश्वविद्यालय लथालिङ्ग अवस्थामा पुगेको शिक्षाध्यक्ष र कुलसचिवले कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् । उपकुलपतिमाथिको छानबिन अघि बढेको र अहिलेको विवादले यो नरोकिने प्रधानमन्त्री ओलीले बताइरहेका छन् ।

उपकुलपति कोइरालाले कांग्रेसनिकट कर्मचारी संगठनका अध्यक्ष लगाएर आफूलाई कुटपिट गरेको भन्दै विश्वविद्यालयका कुलसचिव कार्तिकेय झाले धेरै पहिले उजुरी गरेका थिए । प्रगतिशील प्राध्यापक संघको ज्ञापनपत्र बुझेर झालाई सो ज्ञापनपत्र हस्तान्तरण गर्न कोइरालाको घरमा गएका बेला ढोका थुनेर कुटपिट गरिएको संगठनका उपाध्यक्ष कृष्ण न्यौपानेले बताए । यद्यपि, यो घटना केही महिना अघिको हो ।

उपकुलपति कोइरालाले भने कम्युनिस्ट सरकारविरुद्ध कांग्रेसले साथ दिएमा आफू ओलीसँग लड्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Om Sunuwar

    यस्लाइ कार्वाही गर्नै पर्ने रछ यस्को फुर्फुरी नझारी हुदैन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
नदिले कक्षाकाेठा बगाएपछि विद्यालयकाे पठनपाठन प्रभावित !
प्रधानमन्त्रीसँग १० थान असर्फी, चार तोला हीरा
प्रधानमन्त्रीसँग १० थान असर्फी, चार तोला हीरा
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
कोरोना संक्रमणबाट १० जनाको मृत्यु (विवरणसहित)
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
महायज्ञका संयोजक ठग भएको समाचारपछि उपराष्ट्रपति पुन सहभागी नहुने
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
पानीको बहाव बढेपनि कोशीमा कुनै खतरा छैन: प्रजिअ पराजुली
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने

तपाईंले छुटाउनुभयो कि?