आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १६, २०८२
|
|
४८ पटक हेरिएको
Shares
आज बडा दशैंको टीका: उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

सारांश

  • काठमाडौं।
  • यस वर्षको विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत आज बिहान ११:५३ बजे रहेको छ।
  • घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ।

काठमाडौं। यस वर्षको विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत आज बिहान ११:५३ बजे रहेको छ।

घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ। दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११:५३ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णायक विकास समितिको भनाइ छ।

यसैगरी आज बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ। घटस्थापनाको दिनमा दशैं घर वा पूजाकोठामा विधिपूर्वक नवदुर्गा स्थापना गरी जमरा राखेर महानवमीसम्म दुर्गा पूजा गरेर विजया दशमीको दिनमा देवीको प्रसाद स्वरुप मान्यजनको हातबाट त्यही जमरा र टीका थाप्ने र आशिर्वाद लिने प्रचलन छ।

देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि असत्यमाथि सत्यको जीत भएको सम्झनामा दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ। यद्यपि केही समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ। बडा दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्मै लगाउने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
अन्तिम वाक्य(कथा)
अन्तिम वाक्य(कथा)
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
नेपालमा वैदेशिक लगानी बढी गर्नेमा भारत अगाडि
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
अमेरिकासँग सम्वाद सम्भव छैन ः इरानी सर्वोच्च नेता आयतोल्ला अलि खामेनी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
छानवीन समितिको निष्कर्ष : संसदले खरिद गरेको गाडीमा प्राविधिक कमजोरी
सिमा विवाद समस्या:सांसद अम्बिका थापा
सिमा विवाद समस्या:सांसद अम्बिका थापा