ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
२
|
५७ पटक हेरिएको
Shares
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले भोलि आइतवार नेपालबन्दको घोषणा गरेको छ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै आइतबार नेपाल बन्दको घोषणा गरेको हो ।

काठमाडौं, २९ बैशाख । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले भोलि आइतवार नेपालबन्दको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै आइतबार नेपाल बन्दको घोषणा गरेको हो ।

पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी ओलीको सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नुपर्ने अनिवार्यता ठान्दै बन्दको घोषणा गरेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, “केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ ।”

मोदीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलान्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हीनताबोधले पुनः नयाँ आयाममा भएको राष्ट्रघात पटाक्षेप भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Kishor Lamsal

    sadhai banda Kati garnaho barta milaar sarkarma gae talabbkhaahunxa

    Comment Author

    Kishor Lamsal

    sarkar sagarakam nikasha gari dash bikasgarna tirlaga huncha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेसी बार्सिलोनामै रहने पक्का
मेसी बार्सिलोनामै रहने पक्का
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
अस्ट्रेलियामा डढेलो ’नियन्त्रण बाहिर’, सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्
प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !
रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
रोमानिया विरोध प्रदर्शनमा ४५० भन्दा बढी घाइते
बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फालेको खुलासा
बालिका हत्या प्रकरणः रातभरी शव कोठामै लुकाएर बोरामा राखी फालेको खुलासा
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
आज पनि नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्यू जारी
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
चीनको अर्को अद्भुत सफलता, समुद्रमाथि विश्वकै लामो पुल
मिटर ब्याजी परदेशीको गरियो पोलिग्राफ टेष्ट
मिटर ब्याजी परदेशीको गरियो पोलिग्राफ टेष्ट