पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
सारांश
- काठमाडौं।
- पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विभिन्न नेतासँग पुनः भेट सुरु गरेका छन्।
- यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहेका उनले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासँग भेट गरेका हुन्।
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विभिन्न नेतासँग पुनः भेट सुरु गरेका छन्। यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहेका उनले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासँग भेट गरेका हुन्।
उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन्। त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो।
भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए। ‘भेटका क्रममा सबैले पूर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए–स्रोतले भन्यो।
उनले करिब चालिसजना भन्दा बढीलाई भेटेको बताइन्छ। सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेका उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत थिए।
गत माघ २३ गते झापा पुगेका ज्ञानेन्द्र आमा रत्न विरामी भएपछि चार दिनको लागि काठमाडौं आएका थिए। आमाको स्वाथ्यमा केही सुधार भएपछि पुनः झापा पुगेका उनले केही दिनपछि पूर्वको इलाम, पाँचथर, फिदिम लगायतका जिल्ला भ्रमण गरेका थिए।
उनले बिहीबार इलाम बजारको माइमन्दीर दर्शन गरेपछि धुलावारीमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। शुक्रबार दमक पुगेपछि त्यहाँ राजावादी र राप्रपाका विभिन्न तहका नेतासंग भेट्ने कार्यक्रम रहेको छ।
करिब तीन साता लामो पुर्वाञ्चल बसाइका क्रममा धार्मिक भ्रमणका क्रममा केहीलाई भेटे पनि औपचारिक रुपमा राजनीतिक भेट नगरेका पूर्वराजा ज्ञानेन्द्रले काठमाडौं फर्कनै लाग्दा यो भेटको कार्यक्रम तय गरेका हुन्।
उनी दुई महिनादेखि नै पूर्व र तराई मिसनमा छन्। यसअघि माघ १३ गते सिमरा पुगेका ज्ञानेन्द्र माघ २३ गते झापा पुगेका थिए। झापाबाटै उहा उदयपुर, धनुषा, सिराहा, सप्तरी लगायतका जिल्ला भ्रमणमा निस्किएका थिए।
धनुषास्थित जानकी मन्दीर र तराईका विभिन्न मठ मन्दीर दर्शनको क्रममा उनले आफू तराई भ्रमणमा नभै देशकै भ्रमणको आइपुगेको बताएका थिए।
यो वर्ष अधिकांस समय विभिन्न जिल्ला भ्रमणमा निस्किएका ज्ञानेन्द्रले अधिकांश समयमा भएको भेटघाटमा हिन्दुराज्य र राजतन्त्रको पक्षमा लाग्न सल्लाह दिँदै आएका थिए। स्थानीय राप्रपा र शिव सेना नेपालले भ्रमण व्यवस्थापन गरेको थियो। धार्मिक भ्रमणको संयोजन शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले गर्दै आएका छन्। सबै भ्रमणमा बस्नेत अग्रपंतिमा देखिन्छन्।
तराई र पुर्वको भ्रमण सकेर उनी यही चैत्र २८ गते काठमाडौ फर्कने उनको सचिवालयले जनाएको छ। नेपाल समाचारपत्र दैनिक
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया