सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सारांश

  • उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् ।
  • आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।
  • जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ ।

उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ ।

जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमीदक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।

संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने प्रजिअ खत्रीको बिश्वास छ ।

पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका तीन वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । बलवा – २ र ८ एवं मटिहानी–६ सहित तीन वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा अहिले पिपरा, बलवा र मटिहानीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ ।

उपनिर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति, सुरक्षाकर्मी र अन्य व्यवस्था मिलाइसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थपियो
सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थपियो
भित्री शहरका धेरै भूकम्पपीडित घर बनाउन असमर्थ
भित्री शहरका धेरै भूकम्पपीडित घर बनाउन असमर्थ
यस्तो छ आइतबार विदेशी मुद्राको बिनिमयदर
यस्तो छ आइतबार विदेशी मुद्राको बिनिमयदर
नेपालगञ्ज उपमहानगरपालिकामा  जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको  जित`
नेपालगञ्ज उपमहानगरपालिकामा जित मेयरमा राप्रपा , उपमेयरमा कांग्रेसको जित`
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
महंगीको विरोधमा प्रदर्शन गरिरहेका राजमुपाका २ कार्यकर्ता पक्राउ
किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम
किन ढिलाइ भइरहेको छ माथिल्लो तामाकोशीको काम
प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै
प्रथम विश्व युद्धको अन्त्यको स्मरण गरिदै, विश्व नेताहरु सहभागि हुँदै
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।
राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार दुर्गा विक्रम थापा क्षेत्र भरि चर्चामा ।

तपाईंले छुटाउनुभयो कि?