इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०८२
|
|
१०१ पटक हेरिएको
Shares
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो

सारांश

  • वासिङ्टन।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति ढाँचाको पहिलो चरणमा सहमति भएको जनाएका छन्।
  • राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ।

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति ढाँचाको पहिलो चरणमा सहमति भएको जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली सेना सहमतिको रेखासम्म फिर्ता हुने छन्।

उनले यो सम्झौताले मजबुत, दिगो र स्थायी शान्तिको बाटो खोल्ने विश्वास व्यक्त गरेका छन्। अब सबै बन्धकहरूको द्रुत रिहाई प्रक्रिया अघि बढ्नेछ। इजरायली स्रोतले जनाए अनुसार बन्धकहरूलाई शनिबार वा आइतबार रिहा हुने अपेक्षा गरिएको छ।

“भगवानको सहयोगले हामी बन्धकहरू सबैलाई घर ल्याउनेछौं” भनेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका छन्। यसले नेपाली बन्धक विपिन जोशीको रिहाइको बाटो खुलेर परिवारलगायत सर्वत्र खुसियाली छाएको छ। विपिन जोशी कस्तो अवस्थामा हुनुहुन्छ परिवारलाई जानकारी गराइएको छैन।

हमासको निशस्त्रीकरण र गाजापट्टीको भविष्यको शासन सम्झौताको विस्तृत विवरण दिएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमाससँगको सम्झौता अनुमोदन गर्न र गाजाबाट बन्धकहरूलाई फिर्ता गर्न बिहीबार सरकारको बैठक बोलाउने बताएका छन्। उनले यसलाई “इजरायलको लागि एक महान दिन” भन्दै देशले आफ्नो लक्ष्यहरू प्राप्त गर्न र छिमेकीहरूसँग शान्ति विस्तार जारी राख्ने कुरा बताए।

इजरायली कानून अनुसार, बन्धक सम्झौताको भागको रूपमा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने कुनै पनि निर्णयलाई पहिले सरकारले अनुमोदन गर्नुपर्छ। त्यो अवरोध पार गरेपछि मात्र सरकारले रिहाइको साथ अगाडि बढ्न सक्छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प मिडलिस्ट शान्ति सम्झौतालाई पूर्णता दिनको लागि शनिबार अथवा आइतबार अमेरिकाबाट जाने तयारी गरेको समाचारमा उल्लेख छ। हिजै मात्र बन्धकका परिवार जसरीदेखि नै शान्तिको लागि लड्दै आएका थिए। त्यो समूहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबल शान्ति पुरस्कारको लागि समर्थन गरेको थियो, यो वर्षका नोबेल पुरस्कारहरू धमाधम घोषणा भइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?