उदयपुर ट्राफिक प्रहरीले ग¥यो एक महिनामै ९ लाख राजस्व संकलन
सारांश
- अस्बिन खड्का, उदयपुर, १४ जेठ ।
- उदयपुर ट्राफिक प्रहरीले गएको वैशाख महिनामा मात्र ९ लाख १० हजार ५ सय रुपैया राजस्व संकलन गरेको छ ।
- आर्थिक वर्ष २०७४÷७५ मा गरेको राजस्व संकलन ६१ लाख ८१ हजार ५ सय गत आर्थिक वर्षको तुलनामा दोब्बर हो ।
अस्बिन खड्का, उदयपुर, १४ जेठ । उदयपुर ट्राफिक प्रहरीले गएको वैशाख महिनामा मात्र ९ लाख १० हजार ५ सय रुपैया राजस्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा गरेको राजस्व संकलन ६१ लाख ८१ हजार ५ सय गत आर्थिक वर्षको तुलनामा दोब्बर हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्ट र पुर्ब क्षेत्रीय ट्राफीक प्रमुखबाट कडा निर्देशन आएपछी आफू मातहतमा रहेका ट्राफिक कार्यलयलाई जिल्ला भरी खटाउने काम गरेको उदयपुरका प्रमुख प्रहरी नायव निरिक्षक लोक बहादुर दियालीले बताए ।

उनले जिल्लामा रहेको चालक तथा सह चालकलाई गाईघाट, कटारी, बेल्टार जस्ता बजारी क्षेत्रमा भेला गरि सवारी दुर्घटना हुनुको मुख्य कारण र त्यसलाई न्युनिकरण गर्ने उपाएका बारेमा जानकारी गराउन आफू मातहतका प्रहरी जवान खटाएको बताए । हाल सवारी चालक तथा पैदल यात्री सबैलाई दैनिक रुपमा सचेतनामूलक प्रशिक्षण दिइरहको उनले बताए ।
जिल्ला ट्राफिक कार्यालय ले हाल मा।प।से।ओभरलोड,लाईसेन्स कागजात सबैमा कडाई गरी चेकजाच गर्ने गरेको छ । थोरै जनशक्ति का बाबजुद पनि आफुहरु दिनरात लागी परेकोले हाल सबारी दुर्घटनामा कमी आयको उनको भनाई छ । जिल्ला प्रहरी प्रमुख नबराज भट्ट का अनुसार सडक मा चौपाया छाडा छोड्ने र बालबालिका जताभाबी रुपमा सडक काटने समस्या ले गर्दा दुर्घटना बढेको हो । यसलाई न्युनिकरण गर्न आफु समेत लागीपरेको उनले बताए ।
Hima Parsai
काम के छ र
Tek Bk
Rajasho 9 lakh goji ma 50 lakh