पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा

Author Author
|
मंगलबार, माघ १३, २०८२
|
|
१३३ पटक हेरिएको
Shares
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा

सारांश

  • नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • यसको प्रभावले कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा तुवाँलो लागेको छ भने हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
  • आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ।

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा तुवाँलो लागेको छ भने हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिमका केही भूभागमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम हिमपातसहित वर्षा र अन्य हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा मध्यम र तराईका केही स्थानमा हल्का वर्षासँगै चट्याङ्ग पर्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?