सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १८, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • चौतारा, १८ भदौ ।
  • अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
  • सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य मर्मत गरी अपराह्न ४ः०० बजेबाट एकतर्फीरुपमा यातायात सञ्चालन गरिएको बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिनुभयो ।

चौतारा, १८ भदौ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका– ९ स्थित महभिरमा करिब १०० मिटर सडक भास्सिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।

सडक भास्सिएपछि शनिबार बिहानदेखि काठमाडौँ बाह्रबिसे चल्ने सवारीसाधन रोकिएकाले समान्य मर्मत गरी अपराह्न ४ः०० बजेबाट एकतर्फीरुपमा यातायात सञ्चालन गरिएको बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पञ्चकुमार बंखुले जानकारी दिनुभयो ।

सडकको भित्तोमा कडा चट्टान भएकाले भित्तो काट्न नसकेपछि सामान्य मर्मत गरी यातायात सञ्चालन गरिएकाले फेरी कतिबेला रोकिन्छ भन्ने अनुमान गर्न नसकिने स्थानीयवासीको भनाइ छ । त्यस ठाउँमा एक महिनादेखि नै सडक भास्सिन शुरु गरे पनि सामान्य मर्मतकै भरमा यातायात सञ्चालन हँुदै आइरहेको थियो ।

वर्षा हुनेक्रम नरोकिएकाले भास्सिएको सडकमा अझ बढी क्षति पुग्ने सम्भावना छ । त्यस ठाउँमा भरपर्दोरुपमा काम हुन नसके नजिकै आउन लागेको नेपालीको महान् चाड वडादशैँमा घर फर्कनेलाई असर पुग्नसक्ने चिन्ता स्थानीयवासीको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाहा पाउनुहोस् बुधबारको राशिफल
थाहा पाउनुहोस् बुधबारको राशिफल
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
टी-२० विश्वकपः भारतको विजयी सुरूवात, आयरल्याण्ड ८ विकेटले पराजित
कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
बजेटमा नागरिकको जीवनसँग जोडिएका कार्यक्रम राख्नुपर्छ : सांसद सिंह
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
भारतीय चर्चित गायक नर्भिक अस्पताल भर्ना
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
एशियन कप छनोट फुटबलमा नेपाल पराजित
एशियन कप छनोट फुटबलमा नेपाल पराजित
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
एक वर्षमा कहाँ हराए मध्यपश्चिममा साढे ७ सय महिला ?
एक वर्षमा कहाँ हराए मध्यपश्चिममा साढे ७ सय महिला ?

तपाईंले छुटाउनुभयो कि?